बेनी नगरपालिका वडा नं ९ घतानको कोसेपानीको जंगलमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग भेटिएपछि संरक्षणका लागी जनचेतनामुलक कार्यक्रम गरिएको छ । दुर्लभ कोब्रा भेटिएपछि हेर्न जानेको भीड, बालबालिकाले ढुंगाले हान्ने तथा बासस्थान नजिकै आगो लगाउन जस्ता क्रियाकलाप हुन थालेपछि राष्ट्रिय मावि घतानमा सचेतनामुलक कार्यक्रम गरिएको हो । डिभिजन बन कार्यालय बेनीको टोली सहित सर्प विशेषज्ञ एवम् सर्प संरक्षण सोसाईटी नेपालका अध्यक्ष महेन्द्र कतिलाले स्थानीयलाई दुर्लभ सर्पका बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा वडा अध्यक्ष बेलबहादुर चोखालले सर्प संरक्षणलाई प्रभावकारी बनाउने बताए । ‘सर्पको बासस्थानलाई असर गर्ने गतिविधिलाई निरुत्साहित गरिन्छ,’सर्पको बारेमा एउटा सन्देशमुलक जानकारी समेत राखिन्छ’ कटुवालले भने। उनले सर्पलाई असर गर्ने कुनै गतिविधि गरिएमा कानुनी कारवाही समेत गरिने चेतावनी कटुवालले दिएका छन् ।

जनचेतनामुलका कार्यक्रममा स्थानीयबासी, यूवा क्लव, आमा समुह लगाएतको उपस्थिती रहेको थियो । वडा कार्यालयले बन लगाएत सर्प सम्बनिध गतिविधिमा सक्रिय रहेका संघसंस्थासंग सहकार्य गरी भविस्यमा पनि कार्यक्रम गर्ने जनाएको छ । विगत ५ वर्षदेखि पंक्षी तथा जंगली प्राणीहरुको खोज अनुसन्धानमा सक्रिय त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र उत्र्तीण) त्रिभुवन बह’म’खी क्याम्पस पाल्पाका प्रध्यापक केशव चोखालले मकोसेपानीको जंगलमा द’र्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग फेला पारेका थिए ।

‘किङ्ग कोब्रा’लाई नेपालीमा काली नाग,राज नाग भनेर चिनिन्छ । विशेष गरी तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने सर्प भएपनि पछिल्लो समय जलवाय’ परिवर्तनका कारण मध्य पहाडी क्षेत्रमा बसाइ सरेको अनुमान गर्न सकिन्छ। यो सर्पलाई नचलाउने,नजिस्काउने र यसको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने चोखालको भनाइ रहेको छ .नेपालमा पाइने ८२ प्रजातीका सर्पहरु मध्ये किङ्ग कोब्राको संख्या अत्यन्त न्युन रहेको छ ।