विद्याथीको सक्रियतामा भिरदुलामा भ्यु पोइन्ट स्थापना

0

म्याग्दीको सदरमुकाम बेनीस्थित वेष्ट पोइन्ट कलेजमा अध्ययनरत विध्यार्थीहरुले भ्यु पोइन्ट स्थापना गरेका छन् । Influential Bachelor Club द्वारा जलजला ३ भिरदुलामा भ्यू पोइन्ट स्थापना गरेको हो । माघ १२ गते शनिबार एक कार्यक्रमगरि िभ्यू पोइन्ट बोर्ड स्थापना र अनावरण गरिएको हो ।

जलजला गाउँ पालिका वार्ड नम्बर ३ का अध्यक्ष देबेन्द्र बहादुर भण्डारी (रबि), वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका संस्थापक निर्देशकद्वय सुबासकुमार श्रेष्ठ र कृष्ण प्रसाद श्रेष्ठले संयुक्तरुपमा भ्यु पोइन्ट बोर्डको अनावरण गर्नु भएको हो । कार्यक्रममा प्रिन्सिपल बीणा झा कलेजका भाइस प्रिन्सिपल कृष्ण जिसी क्लबका अध्यक्ष दिनेशकुमार विश्वकर्मा लगायत पदाधाकारी र सदस्यहरु उपस्थिति रहेको थियो । प्रमुख अतिथि भण्डारीले क्लबले गरेको कामको प्रशंसा गर्नु भएको थियो।

क्लबका अध्यक्ष दिनेश कुमार विश्वकर्माले आन्तरिक र बाह्य पर्यटक बेनी बजारबाट मार्निंग वाक र मल्लाज दरबार अनि बाँसखर्क अबलोकन गर्न आउदा सो स्थानमा निर्मित चौतारीमा बसी बेनी बजार अवलोकन गर्ने उत्कृष्ट स्थान भएको र उक्त स्थानमा पर्यटक सूचना बोर्ड समेत स्थापना गरि पर्यटकलाई मल्लाज र बाँसखर्कसम्म पुर्याउने कार्यमा सहयोगी हुने बताउनु भएको छ । क्लबका अध्यक्ष विश्वकर्माको अध्यक्षमा सम्पन कार्यक्रमको संचालन क्लबका सहसचिव साजन परियार र स्वागत सचिव कृष्ण कुमार विश्वकर्माले गर्नु भएको वेस्ट पोइन्ट मिडिया हबले जनाएको छ।