लगातारको बर्षासंगै परेको हिमपातले म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ दुलेखर्किस्थत रितुङ माविको अस्थायी टहराहरु भत्किएको छ। एकसाता यता लगातारको बर्षा, हावाहुरी र हिमपातले टहरामा क्षती पुगेपछि पठनपाठन प्रभावित भएको विद्यालयका शिक्षक यामप्रसाद विश्वकर्माले बताए ।

उनका अनुसार भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले रितुङ माविको तीन भवनको र शौचालय बगाएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीले श्रमदान गरेर उक्त टहरा निर्माण गरेका थिए । जङ्गलको काठ र त्रिपाल प्रयोग गरेर चार अस्थायी कक्षाकोठा निर्माण गरिएको थियो । टहरामा कक्षा १ देखि ५ सम्म कक्षा सञ्चालन भइ्ररहेको थियो ।

भवन बगाएपछि करिव दुईसाता पठनपाठन नै बन्द भएको थियो भने हिमपातका कारण विगत एकसातादेखि नियमित पठनपाठन हुन सकेको छैन् । विद्यालयमा कक्षा १० सम्मको१७५ विद्यार्थी अध्ययनरत छन् ।