नेपालकी चर्चित फेसन डिजाइनर योगिता पुन मगर (पुष्पा)ले म्याग्दीको दुर्गम भेगमा रहेको सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग गर्नुभएको छ ।

काठमाण्डौं रहेको केडिए फेसन सपकी प्रबन्ध निर्देशक पुन मगर पुष्पाले मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविका दुई बिद्यार्थीलाई नगद १५ हजार बराबरको शैक्षिक सामाग्रि सहयोग गर्नुभएको हो ।सामाजिक अभियान्ता बल बहादु पुन मगरको ५९ औं जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा सो सहयोग विद्यार्थीलाई हस्तान्त्रण गरिएको हो।

चन्दादाताकी बुबा समाजसेवी बल बहादुर पुन मगरले कार्यक्रमका प्रमुख अतिथि नरबहादुर पुन मगर मार्फत विद्यार्थीलाई बितरण गर्नुभएको हो ।अघिल्लो बर्ष पनि सहयोग गर्नुभएकी पुष्पाले यस बर्ष पनि बिद्याथीहरुलाई कपी कलम तथा अन्य विभिन्न सामाग्रि सहयोगलाई निरन्तरता दिनुभयो ।ग्रामिण भेगमा रहेको गरिब विपन्न तथा जेहेन्दार बिद्यार्थीको आर्थिक क्षेत्रमा सहयोग गरि उनिहरुको शैक्षिक अध्ययनलाई सहज बनाउने उद्धेश्यले शैक्षिक सामाग्री सहयोग गरिएको सहयोगदाता पुष्पाले बताउनुभयो ।