धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभा,‘प्रदेशलाई समृद्ध बनाउँछौंःमुख्यमन्त्री गुरूङ

0
298

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँचबर्षभित्र समृद्ध प्रदेश बनाउने बताए । कृषि, पर्यटन र जलविद्युतलाई मुख्य आधार बनाएर रोजगारी सिर्जना गर्ने बताउँदै रोजगारमा आधारित अनुदानलाई प्राथमिकता दिएकाले सदुपयोग गर्न अनुरोध गरे । म्याग्दीको मुनामा आइतबार धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले जनसभागितामुलक गतिविधिलाई प्राथमिकता दिने बताए ।

‘सबै स्थानीय तहका समस्यालाई प्राथमिकतामा राखेका छौ,‘बजेटको सदुपयोग गरे पनि धेरै काम गर्न सकिन्छ’ गुरूङको भनाई उद्धित गदैं गाउँपालिका प्रबक्ता झकबहादुर छन्त्यालले भने । मुख्यमन्त्री गुरुङले सरकारले उपलब्ध गराइरहेको अनुदानलाई सदु्पयोग गदैं बेरोजगारीको अन्त्य गदैं जनताको जीवनस्तर उकास्ने योजनामा सहभागी हुन समेत अनुरोध गरेका थिए । 

उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र विद्युत सेवामा आम नागरिकको पहुँचमा पुग्ने बताए ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ढोरपाटन शिकार आरक्षको बिचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि म्याग्दी, मुस्ताङ र बागलुङलाई समेटेर धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने प्रस्ताव समेत गरेका थिए ।उनले अनावश्यक क्षेत्रमा बजेट खर्च नगर्न समेत सुझाव दिएका थिए ।

सोही अवसरमा उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गरिने बताए ।गाउँपालिका अध्यक्ष थमसरा पुनले जिल्लाकै विकट क्षेत्रलाई समेटेर बनाइएको गाउँपालिकालाई बजेटमा प्राथमिकता दिन अनुरोध गरिन् ।गाउँसभामा प्रजिअ लीलाधर अधिकारीले विपद् व्यवस्थापनका लागि म्याग्दीमा एक वार्ड एक हेलिप्याड निर्माण अभियान सञ्चालन गरिएको बताए ।

उनले स्थानीय तहसंग सहकार्य गरी विपद् न्यूनिकरण सहित विभिन्न जनचेतनामुलका कार्यहरु समेत भइरहेको बताए । उपाध्यक्ष रेशम छन्त्याल रप्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले समेत बोलेका थिए । गाउँसभामा सहभागीले म्याग्दीलाई हिमाली र विषेश संरक्षित क्षेत्र घोषणाको माग समेत गरेको प्रबक्ता झकबहादुर छन्त्यालले बताए । उनका अनुसार गाउँसभामा विद्प जोखिम न्यूनिकरण तथा ब्यवस्थापन ऐन, २०७५, धवलागिरी गाउँपालिकाको बिनियोजन पहिलो संसोधन २०७५ र पर्यटन सूचना केन्द्रको स्थापना र शुल्क निर्धारण सम्बन्धि पारित गरिएको छ । गोपाल आचार्य