भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ सम्मानित

0

म्याग्दीका भलिबल खेलाडी एवम् प्रशिक्षक तेजेन्द्र बानियाँ सम्मानित भएका छन् । कलिलै उमेरमा राष्ट्रियस्तरको रेफ्रीमा स्थापित भएका बानियाँलाई नेपाली सेनाको श्रीबक्स गुल्मले भलिबल सम्बन्धि ज्ञान, सीप तथा खेल सम्बन्धी प्रशिक्षणमा निरन्तर सक्रिय भई दक्ष्य खेलाडी उत्पादनमा खेलेको भुमिकाको उच्च् कदर गदैं नगद २० हजार सहित कदरपत्रले सम्मान गरिएको थियो ।

विद्यालय, यूवा क्लव, जिल्ला तथा साविकको धौलागिरी अञ्चल भित्रका तीनै जिल्लामा पुगेर प्रशिक्षकको जिम्मेबारी सम्हालेका बानियाँलाई गुल्मपती राजन दाहालले एक कार्यक्रम बीच सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा बोल्दै गुल्मपति दाहालले उत्कृष्ट प्रशिक्षणको कला देखेर ब्यारेक भित्र समेत प्रशिक्षकको भुमिकामा सहभागँी गराई अन्तर ब्यारेक खेलमा समेत श्रीबक्स गुल्मले उत्कृष्ट खेल प्रर्दशन गर्न सफल भएको बताए । सम्मानित बानियाँले सम्मानले थप उर्जा थपिएको बताउँदै भविस्यमा पनि खेल र प्रशिक्षणलाई निरन्तरता दिने बताए ।

बेनी नगरपालिका–९ घतान काउलेगौडा बानियाँ काउलेगौडाँ यूवा क्लवका संस्थापक अध्यक्ष समेत हुन् । उनले ब्यवसायीक प्रशिक्षकको रुपमा आर्कषक सुविधासहित मुस्ताङको मिलिजुली यूवा क्लवमा खेल प्रशिक्षण गरेका थिए । बानियाँको नेतृत्वमा केवाईसी क्लवले करिव दुईसयको हाराहारीमा विभिन्न जिल्लामा गएर सहभागी भएको खेलमा उपाधी जितेको छ । खेलकुदको पुरस्कारले सामाजिक कार्य र विकासनिर्माणमा खर्च गरेका उनले खेलकुद संगै सामाजिक कार्यमा समेत सक्रिय रहेको छ।