युवा व्यवसायी बरुवालद्धारा आगोलागी पिडितलाई सहयोग

0
312

बेनीका होटल ब्यवसायी सागर बरुवालले अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पिडित भुपेन्द्रबहादुर खड्कालाई राहत सामग्री सहयोग गरेका छन् । घार घर भई बेनीको गणेशटोलमा शिखर होटल सञ्चालन गर्दै आएका बरुवालले आगोलागी पिडित खड्काको परिवारलाई व्यक्तिगत रुपमा सिरक, डसना, एक बोरा चाम, म्याट्रेस, प्रेसर कुकुर लगायत सामग्री सहयोग गर्नुभएको हो ।

शुक्रबार दिउँसो ग्याँस चुहावट भएर आगोलागी हुँदा एक्सीलेन्ट भ्यु लज एण्ड रेष्टुरेन्ट सञ्चालन गरिएको एक तले पाँच कोठे घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगोलागि पिडितका लागि यसअघि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले व्यक्तिगत रुपमा दश हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।