पत्रकार अर्जुनप्रसाद सुवेदीको सहयोगार्थ अमेरिकामा सहयोग संकलन अभियान सुरु गरिएको छ । नागरिक राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध पत्रकार सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराइरहेका सुबेदीलाई आर्थिक समस्या भएपछि सुरु भएको अभियानमा अमेरिकामा रहेका बेनी नगरपालिका वडा नं १० पात्लेखेतका उत्तम पौडेलको पहलमा सहयोग संकलन सुरु भएको छ ।

पौडेलको संयोजकत्वमा भर्जिनिया सहित विभिन्न स्टेटमा रहेका साथीहरुलाई सहयोग जुटाउने गरी रमेश विष्ट, नबिन भण्डारी र दिपक भण्डारी सहितका यूवाहरुले सहयोग अभियान सञ्चालन गर्ने पौडेलले बताए । ‘मैले ब्यक्तिगत रुपमा १० हजार सहयोग गर्छु,‘उपचारमा सहयोग पुग्ने गरी यहाँ पनि अभियान सञ्चालन गर्नेछु’ पौडेलले बेनीअनलाइनलाई भने । उनले अमेरिकामा रहेका म्याग्देलीलहरुलाई सहयोग अभियानमा साथ दिन समेत अनुरोध गरेका छन् । पत्रकार सुबेदीले वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि थप समस्या भएपछि भारतमा उपचार गराइरहेका छन् ।

उनको अप्रेसन पछिको डिस्र्चाजका लागी करिव २५ लाख आवश्यक रहेको छ भने नियमित औषधी सहित एकबर्षसम्म फलोअफका लागी ४० लाख भन्दा बढी खर्च आवश्यक पर्ने चिकित्सकको भनाई छ । सुबेदीको उपचार अभियानमा बेनीअनलाइनले विषेश प्राथमिकता सहित अनलाइनमा सहयोग विवरण सहित प्रकाशित गदैं आइरहेको छ । सुबेदीलाई आफन्त, सहकर्मी सहित विभिन्न क्षेत्रमा सहयोग संकलन भइरहेको जनाइएको छ ।