पुष्पा कामीलाई दग्नाम बैदेशिक सहयोग समिति बहराईनको सहयोग

0
326

सार्वजनिक जग्गामा बनाएको छाप्रो भत्किएपछि विद्यालयमा बस्दै आएकी बेनी नगरपालिका–६ गोलखाँडाकी पुष्पा कामीको परिवारलाई दग्नाम बैदेशिक सहयोग समिति बहराईनले आर्थिक सहयोग गरेको छ ।

जमिनको नाममा एक टुक्रा पनि नभएपछि गाउँलेको सहयोगमा राम्चे सामुदायिक बनको जग्गामा ६ जना परिवारसंगै बस्दै आएकी पुष्पाको दयनीय अवस्थाका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि सहयोग समितिमार्फत दग्नामका मोहन तिलिजाले नयाँ घर तथा बालबाकिलाको शिक्षादिक्षाका सुरु भएको अभियानका लागि सदस्य दिनेश सुबेदीलाई १० हजार आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

एक्लेपीपल आधारभुत विद्यालयको खाली भवनमा कष्टपूर्ण तरिकारले दिन विताइरहेको अवस्थामा दग्नाम गाउँमा विभिन्न सहयोग गदैं आएको समितिले उक्त सहयोग गरेको तिलिजाले बताए । ‘दग्नाममा समितिले धेरै काम गरेको छ,‘गाउँ बाहिर यो पहिलो सहयोग हो’ तिलिजाले भने ।

उनले समितिका अध्यक्ष रत्न तिलिजाको पीडितको अवस्थालाई देखेर सहयोग गरिएको जानकारी समेत गराएका थिए । समितिले ८ औं बार्षित्सवको अवसरमा विभिन्न सहयोग समेत गरेको थियो । समिति मार्फत दग्नाममा शैक्षिक गतिविधिमा छात्रबृत्ति, स्वास्थ्य, सामाजिक लगाएतका क्षेत्रमा करिव १५ लाखभन्दा धेरै सहयोग गरेको छ । समिति अन्तरगत बहराईनमा २५ जनाको हाराहारीमा कार्यरत छन् ।