चार दिन अघिदेखिको हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका वडा न. १ गुर्जाको जनजीवन अस्तव्यस्त बनेको छ । अहिले पनि गुर्जामा बाक्लो हिमपात भइरहेको छ ।  वर्षासँगैको भएको बाक्लो हिमपातले गुर्जावासी कहर काट्न बाध्य भएका छन् । चिसोका कारण बालबालिका र वृद्धबृद्धाहरुको दिनचर्या अत्यन्तै कष्टपूर्ण बनेको छ भने पशु चौपायाहरु भोकै गोठभित्र थुनिन बाध्य भएका छन् ।

हिमपातका कारण विद्युत र सञ्चार सेवा पनि अवरुद्ध भएपछि गुर्जावासीहरु अतास्यिएका छन् । हिमपातले स्थानीय इङ्गले खोला लघुाजलबिद्युतको पोल ढालेसँगै सञ्चार तथा विद्युत सेवा ठप्प भएको छ । 

विद्युत तथा सञ्चार सेवा ठप्प भएसँगै स्थानीयले अँध्यारोमा रात कटाउन बाध्य भएका वडाध्यक्ष एवंम् गाउँपालिकाका प्रवक्ता झक बहादुर छन्त्यालले जानकारी दिए । हिउँ पर्ने क्रम नरोकिएकाले विद्युत सेवा सुचारुका लागि पोल गाड्न समेत नसकिएको उनले जानकारी दिए ।  साथै भारिहिमपातका कारण पैदलमार्ग समेत अवरुद्ध भएको छ । बाटोमा हिड्न नसकिएपछि गुुर्जाको आवतजावत पनि बन्द भएको छ भने गुर्जा जाँदै गरेका स्थानीयवासी र  खच्चडहरु मुना, लुलाङ्ग लगाएतका गाउँमा रोकिएका वडाअध्यक्ष छन्त्यालले जानकारी दिए ।