म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँमा धार्मिक पर्यटकीय सम्भावना बोकेको भुम देवेताको थान रहेको कालोढुंगामा पूर्वाधार विस्तार गरिने भएको छ । बस्तीमै रहेको कालो ढुंगाको नामले समेत चिनिने उक्त स्थानमा आवश्यक पर्ने पूर्वाधार विस्तार गरी धार्मिक पर्यटकलाई आर्कषित गरिने टोड्के क्षेत्र विकास कोषका अध्यक्ष एवम् स्थानीय अगुवा ताराप्रसाद आचार्य ‘बाबुराम’ले बताए ।

‘धार्मिक बाहेक घुम्न आउनेको ध्यान तान्न सकिन्छ,‘ठुलो चट्टानको पुरानो स्वरुपलाई असर नगर्ने गरी पूर्वाधार विस्तारमा जुटेका छौ’ आचार्यले भने । जिल्लाकै पर्यटकीयस्थलको रुपमा रहेको टोड्केको प्रचारप्रसार तथा विभिन्न कार्यक्रम गरी चर्चामा ल्याउन एकदशक देखि सक्रिय रहेका पूर्णगाउँबासीले टोड्केको भ्रमणमा आउने आन्तरिक पर्यटकलाई उक्त स्थानमा ल्याउने गरी नरेन्द्र अर्मजाको अध्यक्षतामा संरक्षणका लागि समिति गठन गरेका छन् ।

समितिको उपाध्यक्षमा दुर्गादत्त आचार्य, कोषाध्यक्षमा रामकृष्ण रेग्मी, सचिवमा चन्द्रबहादुर अर्मजा छन्। त्यस्तै सदस्यहरुमा प्रेमबहादुर राम्जाली, रगबहादुर राम्जाली, मानिष गौचन, सुवास राम्जाली, दुर्गा केसी, सिमा केसी, सुवर्ण रिजाल, राजाराम भण्डारी, दुर्गाबहादुर गर्बुजा छन् ।वडा सदस्य जितमान गौचन र कतारका मोहन अर्मजा पदेन सदस्य चयन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, क्षेत्रबहादुर भण्डारी, दिलबहादुर गौचन, दिल्लीराज रेग्मीलाई बरिष्ठ सल्लाहकार, समितिको सल्लाहकारमा बाबुराम आचार्य, टेकबहादुर राम्जाली, कृष्णबहादुर खत्री र प्रेमप्रसाद रेग्मी सल्लाहकार चयन गरिएको सल्लाकारमा समेत रहेका राष्ट्रिय जनजागृति माविका प्रधानध्यापक राम्जालीले बताए । समितिले पूर्णगाउँको बिचमा रहेको भूमे देवता (कालो जुर) को संरक्षण, सर्वद्धन र प्रचारप्रसार गर्ने योजना बनाएको छ । मानवबस्तीको विस्तारसंगै पूर्णगाउँमा उक्त ढुंगामा अजिंगर रहेको बताउँदै आइरहेको थियो । स्थानीयले पुजा गर्ने गरेको स्थानमा विधिपूर्वक पुजा नभए असिनापानी आउने लगाएतका धार्मिक विश्वास समेत रहेको छ ।