गरिमा विकास बैंकको नाफा ५४ प्रतिशतभन्दा बढिले वृद्धि

0
167

गरिमा विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २७ ला ९४ हजार खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंककोे खुद नाफा ५४ दशमलव ८१ प्रतिशतले वृद्धि गरेको हो । गत आर्थिक बर्षको यसै अवधिमा बैंकले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ६५ करोड २६ लाख रुपैयाँ राखेको छ ।

कर्जा तथा लगानी 
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २६ अर्ब ९७ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको तुलनामा बैंकले निक्षेपमा ५२ दशमलव ९४ प्रतिशत र कर्जामा ५३ दशमलव ३३ प्रतिशतले वृद्धि गरेको हो ।

आम्दानी
उक्त अवधिमा ६४ करोड ९८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले संचालन मुनाफा ४३ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले गत आर्थिक बर्षको सोही अवधिको भन्दा खुद व्याज आम्दानी ४८ दशमलव ५१ प्रतिशतले वृद्धि गरेको हो भने संचालन मुनाफामा ५६ दशमलव ७८ प्रतिशतले वृद्धि गरेको हो ।

सुचकहरु
बैंकको निष्कृय कर्जा शुन्य दशमलव २८ प्रतिशत, जोखिम युक्त सम्पत्ति १५ दशमलव ९१ प्रतिशत, प्रतिशेयर आम्दानी २० दशमलव ०५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९ दशमलव २३ गुणा, प्रतिशेयर नेटवर्थ १२३ दशमलव ४१ रुपैयाँ र तरलता अनुपात २५ दशमलव १४ प्रतिशत रहेको छ । bankingkhabar.com