अन्नपूर्ण गाउँपालिका ६ घारका आगलागी पीडितलाई मातृभूमी सेवा समाज कोरिया शाखाले ४५ हजार आर्थिक संकलन गरेको छ । घार स्थायी घरभई हाल विश्वभर रहेका घारबासीको साझा संस्था समाजले विद्युत सर्ट भई घर जलेर नष्ट भएका पिडित भुपेन्द्रबहादुर खड्कालाई राहत संकलन गरिएको मातृभूमी सेवा समाजका सहसचिव खिम खड्काले बेनीअनलाइनलाई बताए । उनका अनुसार विश्वभ रहेका समाज तथा घारबासीको पहलमा आर्थिक संकलन भइरहेको बताउँदै पीडितलाई सहयोग अभियानमा जुट्न समेत अपिल गरे ।

आगोलागी लगत्तै समाजका अध्यक्ष बद्री बरुवालले समाजले राहत स्वरुप ७ हजार २ सय ११ आर्थिक सहयोगको घोषणा गदैं अभियानमा जुट्न अपिल गरेका थिए । आगोलागी पीडितलाई बेनीमा रहेका सागर बरुवालको पहलमा राहत तथा रेडक्र भुरुङ शाखाका साथै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले व्यक्तिगत रुपमा दश हजार रुपैयाँ सहयोग गरेका थिए । गत शुक्रबार दिउँसो ग्याँस चुहावट भएर आगोलागी हुँदा एक्सीलेन्ट भ्यु लज एण्ड रेष्टुरेन्ट सञ्चालन गरिएको एक तले पाँच कोठे घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।

विज्ञापन