बाख्लो हिमपातका कारण विद्युतका पोल भाँचिए पछि म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जामा अवरुद्ध भएको विद्युत र संचार सेवा चार दिन पछि मंगलवार साँझदेखि सुचारु भएको छ । स्थानीय इङ्लेखोला जलविद्युत आयोजनाबाट गुर्जा गाउँमा वितरण गरिएको विद्युत माघ ११ गते परेको बाख्लो हिमपातले तार चुडाइदिनुका साथै विद्युतका पोलहरु पनि भाँचिदिए पछि विद्युत सेवा अवरुद्ध हुँदा स्थानीय अन्धकारमा वस्न बाध्य भएका थिए

विद्युतको अभावमा गुर्जामा संचारसम्पर्क समेत टुटेको थियो । पुरै गाउँ चारदिनसम्म सम्पर्क विहीन हुँदा गाउँवाहिर रहेका गुर्जावासीहरु आफन्तसंग सम्पर्क नभएपछि चिन्तित थिए । मंगलवार घाम लागेपछि स्थानीयले विद्युतका पोल गाडेर र तार टाँगेर विद्युत सेवा सुचारु गरेका धौलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता झक छन्त्यालले जानकारी दिनुभयो । गुर्जामा एउटै मात्र वस्ती रहेको छ । सो वस्तीमा ३ सय घरधुरी छन् ।