बेनी बजारको प्रवेशद्धारमै च्यातिएको झन्डा

0
1074

म्याग्दीको सदरमुकाम बेनीबजार प्रवेशद्धारमा दुईवटा च्यातिएको राष्ट्रिय झन्डा राखेको देखिन्छ । म्याग्दीलाई राष्ट्रिय राजमार्ग संग जोेडिने छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकाबाट म्याग्दीमा प्रवेश गर्ने यात्रुको नजर अस्तब्यस्त प्रवेशद्धारमा राखिएको झन्डामा ठोकिन्छ । झन्डा कुहिसकेको भएपनि सम्बन्धित निकायले फेर्नतर्फ चसाो देखाएका छैनन् ।प्रवेशद्धारमा राखिएको भन्डाको संरक्षणमा बेनी नगरपालिका तथा अन्य संघसंस्थाले कानमा तेल हालेजस्तै बेवास्ता गरेका छन् ।

‘प्रवेशद्धारमै राष्ट्रिय झन्डाको अपनाम गरिएको छ,‘बेनीबजारको प्रवेशद्धार लथालिङ छ’ एक यात्रुले बेनीअनलाइनलाई भने।प्रवेशद्धारलाई यायाबर सहित स्मृति भनेर नामाकरण गरिएपनि संरक्षणमा स्थानीय निकायले देखाएको लापरवाहीले जिल्लामा भित्रिने पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको छ। ‘कुनैपनि जिल्लामा प्रवेशद्धार चिटिक्क भए त्यसले जिल्लाको सकारात्मक सन्देश प्रवाह हुन्छ,‘म्याग्दी जिल्लाको प्रवेशद्धारले जिल्लाको सुन्दरतालाई नै अपमान गरेको देखिन्छ’ काठमाण्डौबाट बेनीमा आएका सुशिल शिलवाललले भने ।

उनले म्याग्दीको सदरमुकाम बेनी प्रवेश गर्ने वित्तिकै ठाउँ–ठाउँमा सान–साना खाल्डाखुल्डी पोखरी समेत देखेर दंग परेको बताए । उनले बेनीबजारको सुन्दरताको सकारात्मक सन्देशलाई प्रवाह गर्न समेत प्रवेशद्धारमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताए । प्रवेशद्धार आसपासमा रहेका स्थानीयले समेत सरोकारवाला निकायलाई दोष देखाएका छन् ।

मिनी पोखरीको हालत उस्तै

छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा पर्ने पर्वत बेनीबाट प्रवेश गरेलगत्तै सडकमा दुई पाङ्ग्रे सवारीसाधन र पैदलयात्रा गर्ने यात्रुले ठूलै जोखिमको सामना गर्नुपर्छ । स्थानीयको सडकबाट हिलो सर्लक्कै घरभित्र पुग्छ । घाम लाग्दा समेत सडकमै पानी जमेर पशुचौपाया आहाल बस्ने जस्तै ‘मिनी पोखरी’ मा परिणत हुन्छ । गएको शनिबार जिल्लामा १२ बर्षपछि हिमपात हुदाँ रमाइरहेका दृष्यहरुका बीचमा स्थानीय यूवाले सांकेतिक विरोध स्वरुप प्रवेशद्धारमा जमेको हिलोमा माछा मादैं थिए । पटकपटक मर्मतको दवाव दिदाँ समेत सरकारी निकायबाट बेवास्ता भएपछि स्थानीयले दवाव स्वरुप सांकेतिक विरोध जनाउने गरेका छन् ।

छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकाको पर्वत बेनीबाट म्याग्दीमा प्रवेश गरेलगत्तै सडकको नाजुक अवस्थाले सम्रग जिल्लालाई बदनाम गराउँदा समेत बेनी नगरपालिका, सडक विभाग तथा स्थानीय सरोकारवाला निकायको प्रभावकारी पहल हुन सकेको छैन् । माघे संक्रान्ती मेलामा मर्मतको चर्चा चलेपनि नगरपालिकाले संघीय सरकारको बजेटको प्रतिक्षामा रहेको छ ।

यता बेनी नगरपालिकाले चार करोड बजेट विनियोजन भएपनि प्रदेश र केन्द्र सरकार बीच बजेट कार्यान्वयनमा देखिएको मतभेदका कारण अलपत्र परेको बताएको छन् । जिल्लामा प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत नकारात्मक सन्देश प्रवाह भएको बताउँदै सडक विभाग र बेनी नगरपालिका बीचको समन्वयको अभावका साथै संघीय र प्रदेश सरकारको योजना कार्यान्वनयमा देखिएको अस्पष्ट नितिले समस्या भएको जानकारहरु बताउँछन् ।