भकिम्लीको डोलेमा हेलिप्याड निर्माण

0
313

बेनी नगरपालिकामा एक वडा एक हेलिप्याड बनाउने अभियान सुरु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको म्याग्दीको सबै वडामा हेलीप्याड निर्माण गर्ने निर्णय अनुसार बेनी नगरपालिकाले भकिम्लीबाट हेलिप्याड निर्माण सुरु गरेको हो । वडा कार्यालयको सिफारिस र समन्वयमा शसस्त्र प्रहरी बलको गलेश्वर बेस क्याम्पका प्रहरी निरिक्षक काजी लामाको नेतृत्वमा सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयबासीहरुले हेलीप्याड बनाएको वडा अध्यक्ष पदम पुनले बताए ।

उनका अनुसार हेलिप्याड बनेपछि उपचार सहित आपत्कालिन उद्धारसंगै भकिम्ली र छिमेकी बागलुङ जिल्लाको धम्जा लगाएतका स्थानमा जाने पर्यटक तथा स्थानीयलाई समेत सहज हुने बताए । बेनी नगरकार्यपालिकाको माघ ४ गतेको बैठकले आवश्यक स्थानमा हेलिप्याड बनाउने निर्णय गरेको थियो । आकस्मिक बिरामी र दुर्घटनाका घाईतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपद्मा आवश्यकता अनुसार राहत उपलब्ध गराउन सहज हुने गरी नगरपालिका भित्रका वडालाई समेत प्राथमिकता दिएर अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

‘बेनपामा पनि सुरु गरेका छौ,‘जनप्रतिनिधिको सक्रियताले सहज भएको छ’ प्रजिअ अधिकारीले बेनीअनलाइनलाई भने । उनका अनुसार नगरपालिका भित्र वडा नं ७ र ८ बेनीबजार भित्रै र वडा नं ६ मा नेपाली सेनाको ब्यारेकभित्र समेत नाईटभिजनलाई लक्षित गरी हेलिप्याड निर्माण गरिएपनि अन्य वडामा स्वास्थ्यचौकी तथा बस्ती आसपासको सुरक्षित जग्गामा बनाइने बताए । मालिका गाउँपालिकाभित्र सबै वडामा हेलिप्याड निर्माण भइसकेको छ भने मंगला गापाको कुहु्ँ र बावियाचौरको हिदी र रघुगंगा गापाको कोटगाउँमा सम्पन्न भइसकेको छ ।

जिल्लाका सबै स्थानीय तहका वडाहरुमा आवश्यक जग्ष्गा ब्यवस्थापको कार्य भइरहेको जनाइएको छ । हेलिप्याडमा शसस्त्र प्रहरीको अगुवाईमा नेपाल प्रहरीले समेत सघाइरहेको शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक अनिल कार्कीले बताए । नेपाल सरकाले सुरु गरेको एयर एम्बुलेन्स सेवाको पहिलो चरणमा समावेश गरिएको जिल्लामा म्याग्दी पनि छ ।