म्याग्दीको सदरमुकाम बेनीबजार प्रवेशद्धारमा दुईवटा च्यातिएको राष्ट्रिय झन्डा बिहिबार फेरिएको छ । म्याग्दीलाई राष्ट्रिय राजमार्ग संग जोेडिने प्रवेशद्धारमा आवतजावत गर्ने झन्डा सहित प्रवेशद्धारदेखि कालिपुल बसपार्कसम्मको हिलाम्मे सडकका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि वडा अध्यक्ष रामकृष्ण बराईलीले प्रवेशद्धारको झन्डा परिवर्तनको निर्देशन दिएका थिए ।

नगरपालिकाका प्रबक्ता समेत रहेका बहराईलीका अनुसार शान्ति मन्त्रालय अन्तरगत शान्ति समितिको पहलमा निर्माण गरिएको प्रवेशद्धारलाई अझै ब्यवस्थित गर्न नगरपालिका मार्फत संघीय तथा प्रदेश सरकारलाई जानकारी गराउने बताए । ‘प्रवेशद्धारदेखि बसपार्कसम्मको समस्यालाई समाधानको प्रयास सुरु भएको छ’ उनले भने । छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकाबाट म्याग्दीमा प्रवेश गर्ने यात्रुको नजर अस्तब्यस्त प्रवेशद्धारमा राखिएको झन्डाका बारेमा यात्रुले समेत गुनासो गर्ने गरेका थिए ।

गतबर्ष प्रवेशद्धारमा वडा नं ८ ले सरसफाई गरेपनि प्रवेशद्धारमा जिल्लाभित्र प्रवेश गर्ने यात्रुलाई आर्कषित गर्न सकिने पूर्वाधार तथा सन्देशहरु राख्नुपर्ने माग गरिएको छ । प्रवेशद्धारमा जिल्लका प्रमुख धार्मिक तथा पर्यटकीयस्थल सहितका जानकारी डिजिटल बोर्ड राख्न सकेमा जिल्ला हुदै मुस्ताङ आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकमार्फत सन्देश पैmलने भएकाले पनि बेनी नगरपालिकाले पहल गर्नुपर्ने पर्यटन ब्यवसायीको भनाई छ ।

यसैबीच पानी जमेर मिनी पोखरी जस्तै हुने कालिपुलको सडक मर्मतको काम सु्रु हुने भएको छ । नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले पूर्वाधार विकास कार्यालयलाई सडक मर्मत तथा कालोपत्रेका लागी विनियोजित बजेटबाट तत्काल काम गर्न माग गरेको थियो ।

हिलाम्मे सडकले स्थानीय र यात्रुलाई सास्ती भएको समाचार पटकटपक सार्वजनिक भएपछि एकदुईदिन भित्र सडकखण्डमा नाली खन्ने तथा कालोपत्रेका लागी आवश्यक काम सुुरु हुने प्रतिबद्धता प्राप्त भएको प्रबक्ता एवम् वडा अध्यक्ष बराईलीले बताए । उनका अनुसार सडकखण्डमा ४ करोड ५० लाख विनियोजन भएपनि प्रदेश र केन्द्र सरकार बीच बजेट कार्यान्वयनमा देखिएको मतभेदका कारण अलपत्र परेको भएपनि काम सुरु गर्ने पत्र आएको बताइएको छ ।