म्याग्दीका चिकित्सक आन्दोलित,डा. केसीको जीवनरक्षा गर्न माग

0
486

अनसनरत डा. गोविन्द केसीप्रति ऐक्यबद्धता जनाउँदै म्याग्दीका चिकित्सक आन्दोलित भएका छन् । डा. केसीको माग वार्ता मार्फत पूरा गराउन बेनी अस्पतालमा कार्यरत चिकित्सकले आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेर सरकारलाई तत्काल मागलाई सम्बोधन गरी डा. केसीको जीवन रक्षाका लागी चासो देखाउन माग गरेका हुन् ।

बेनी अस्पतालमा कार्यरत चिकित्सकले संघले डा. केसीको जीवन रक्षाका लागि आन्दोलनलाई कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथी उठेर कार्यान्वयन गर्न माग गरेको निमित्त देवान कार्कीले बताए । अस्पतालमा कार्यरत चिकित्सकहले विज्ञप्ती जारी गदैं डा. केसीसँग भएको सहमति पूरा नभए थप कडा कदम चाल्न बाध्य नपार्न सचेत बनाएको छ ।

बेनी अस्पतालका चिकित्सकले डा. केसीले जिल्लामा समेत पटकपटक गरी आएर आफ्नै खर्चमा स्वास्थ्य सेवा दिएको बताउँदै जनतालाई निशुल्क तथा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन गरेको आन्दोलनमा साथ दिएको बताए । संघीय संसदका दुवै सदनबाट प्रतिपक्षीको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरेपछि चिकित्सक आन्दोलित भएब थिए । १५ औँ अनशनका क्रममा सरकारसँग भएको सम्झौता हुबहु कार्यान्वयन गरिनुपर्ने अडान राख्दै डा केसीले अनशन जारी राख्ने बताएका छन् ।