१५ सय मिटर दौडमा आय र प्रमिलालाई स्वर्ण

बेनी नगरपालिका अन्तर माविस्तरीयस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय प्रतियोगिताको १५ सय मिटर छात्रछात्रा दौडमा राष्ट्रिय मावि घतानका आय खत्री र गलेश्वर मावि तोरिपानीकी प्रमिला खत्रीले स्वर्णपदक जितेकी छन् ।

शुक्रबार खुल्लामञ्चमा उद्घाटन कार्यक्रम लगत्तै सुरु भएको दौडमा छात्र तर्फ न्यू वेष्ट पोइन्टका विजय पुन रजत र माउण्टका प्रनिस कार्कीले काँस्य पदक हात पारेका छन् । दुवै बेनपा –९ घतानका सामुदायिक विद्यालय हुन् ।
त्यस्तै छात्रातर्फ म्याग्दी एकेडेमी सिंगाकी दिया खत्री र जनकल्याण मावि पुलाचौरका करुणा बानियाँले क्रमश रजत र काँस्य पदक जितेका थिए ।

प्रतियोगितामा विजेतालाई प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विनोद केसी, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका सचिव क्याप्टेन मीन बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगाएतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अन्तरगत भलिबल र कराँते खेल कालिपुल तथा अन्य खेलहरु खुल्लामञ्चमा हुनेछन् प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।