थाकनपोखरीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

0
273

बेनी नगरपालिका–६ थाकनपोखरीमा सहरी स्वास्थ्य केन्द्र (सामुदायिक स्वास्थ्य इकाई) स्थापना गरिएको छ । स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित नहुन भन्ने उद्देश्यले बेनी नगरपालिकाले शुक्रबारदेखि सञ्चालनमा ल्याएको स्वास्थ्य इकाईको पूर्व सांसद गोविन्द पौडेलले उद्घाटन गदैं आधारभुत आवश्यक पुरा गर्नुपर्ने बताए । उनले थाकनपोखरीमा केन्द्रको स्थापना भएपछि समान्य विरामी हुदाँ पनि सदरमुकाम बेनी जानुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

सोही अवसरमा वडा अध्यक्ष कृष्णबहादुर बानियाँले वडाभित्रका समस्या समाधानमा सक्रिय रहेको बताए । उनले शिक्षा र स्वास्थ्य सेवालाई सहज बनाउँदै जनताका समस्या समाधान गरिने बताए ।स्वास्थ्य इकाई स्थापना गरी जनतालाई घरदैलौबाटै सेवा प्रदान गरिने बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताए ।

उनका अनुसार नगरपालिका भित्रका अन्य वडामा पनि आवश्यकता अनुसार इकाई स्थापना गरिने बताए । उनले एकैपटक सम्भव नभएपनि नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने बताए । केन्द्र स्थापनाको सञ्चालन नगरपालिकाकी स्वास्थ्य संयोजक लीला गौतमले गरेकी थिईन् ।

कार्यक्रमा वडाका जनप्रतिनिधि, नगरपालिकाका लेखा अधिकृत मिन बहादुर बानियाँ,स्थानीय आमा समुह, यूवा क्लवका प्रतिनिधि, विद्यालयका शिक्षक लगाएतको उपस्थिती रहेको थियो । केन्द्रबाट स्वास्थ्यचौकीले दिने प्रायः सबै सेवा केन्द्रबाट प्रदान गरिने छ । स्थानीयले केन्द्रको सञ्चालन तथा प्रयोगलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए। केन्द्र सञ्चालन समिति गठन तथा स्वास्थ्य सम्बन्धि गतिविधिमा समेत सहभागिता जनाउने बताए ।