पत्रकार अर्जुनप्रसाद सुवेदीको उपचारमा म्याग्दी बहुमुखी क्याम्पसमा आर्थिक सहयोग जुटेको छ । नागरिक राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध पत्रकार सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराइरहेका सुबेदीलाई आर्थिक समस्या भएपछि क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका सुबेदीलाई विद्यार्थीको तर्फबाट १६ हजार ४१० र कर्मचारी तथा प्रध्यापकको तर्फबाट १८ हजार ४५० रुपैयाँ गरी कुल ३४ हजार ८८० रुपैयाँ संकलन भएको स्ववियू कार्यवाहक सभापति इश्वर सुबेदीले बताए ।

पत्रकार सुबेदीले वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि थप समस्या भएपछि भारतमा उपचार गराइरहेका छन् ।उनको अप्रेसन पछिको डिस्र्चाजका लागी करिव २५ लाख आवश्यक रहेको छ भने नियमित औषधी सहित एकबर्षसम्म फलोअफका लागी ४० लाख भन्दा बढी खर्च आवश्यक पर्ने चिकित्सकको भनाई छ । सुबेदीको उपचार अभियानमा बेनीअनलाइनले विषेश प्राथमिकता सहित अनलाइनमा सहयोग विवरण सहित प्रकाशित गदैं आइरहेको छ। सुबेदीलाई आफन्त, सहकर्मी सहित विभिन्न क्षेत्रमा सहयोग संकलन भइरहेको जनाइएको छ ।