निर्माण ब्यवसायी संघ म्याग्दीको अध्यक्षमा नारायण जिसी निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा विपिन खड्का, उपाध्यक्ष मनोजकुमार खड्का, तमबहादुर चोचाङ्ी, महासचिव अमृत कुमार श्रेष्ठ, सचिवमा दिनेश केसी, कोषाध्यक्ष प्रकाश बानियाँ रहेका छन् ।

त्यसैगरी स्थानीयतहबाट सदस्यमा निर्वाचित हुनेमा कुसलप्रसाद पौडेल (बेनी नगरपालिका), महेन्द्रकुमार आचार्य, (मंगला गाउँपालिका) गोपाल पौडेल (मालिका गाउँपालिका), रेशम पुन (धौलागिरी गाउँपालिका), पबन कुमार मल्ल (रघुगंगा गाउँपालिका), कृष्णबहादुर बरुवाल अन्नपूर्ण गाउँपालिका) रहेका छन् । ८ औ साधारणसभा तथा १० औं अधिवेशनबाट खुल्लातर्फको सदस्यमा नारायणकुमार बराल, कुशल घर्ती क्षेत्री, निरज भण्डारी, श्यामसुन्दर कँडेल रहेका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई मुख्य निर्वाचन अधिकृत ठहरबहादुर भण्डारीले सपथ ग्रहण गराएका थिए । अधिवेशनमा निर्वाचित भएपछि अध्यक्ष नारायण घर्ती क्षेत्री (जिसी)ले जिल्लाभित्र रहेका निर्माण ब्यवसायीलाई एकैठाउँमा राखेर काम गर्ने बताए । उनले असन्तुष्ट पक्षलाई पनि समेट्ने प्रयासलाई जारी राख्ने बताउँदै जिल्लाभित्रका निर्माण ब्यवसायीलाई काम गर्ने वातावरण बनाउने बताए । कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष एकेन्द्र बहादुर रावल, सल्लाहकार नेत्र बहादुर महतले समेत मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य सुरत केसीले गरेका थिए।