निर्माण ब्यवसायी संघ म्याग्दीको वर्तमान कार्यसमितिप्रति असहमति जनाउँदै आएको समुहले आइतबार नयाँ कार्यसमिति घोषणा गरेका छन् । बेनीको एक होटलमा निर्माण व्यवसायी संघ म्याग्दीको दसौ अधिवेशनको ब्यानरबाट समानान्तरण कार्यसमितिको रुपमा गोपालप्रसाद भट्टचनको अध्यक्षतामा १७ सदस्यीय समिति घोषणा गरेका हुन् । समितिको बरिष्ठ उपाध्यक्षमा प्रदिप सापकोटा, उपाध्यक्षमा नरसिङ खत्री, धनकुमार पुर्जा, महासचिमा इन्द्रबहादुर बानियाँ, सचिवमा प्रविन सापकोटा र कोषाध्यक्षमा दोजेन्द्र फगामी रहेका छन् ।

समितिको सदस्यहरूमा भरत उपाध्याय, हिक्मत गर्बुजा,दलबहादुर खत्री, नरेश पुन, धनबहादुर बुढा,बुद्धिबहादुर कार्की, शिवकुमार भट्टचन, लोकबहादुर खड्का, जंगबहादुर भण्डारी र ईन्जिनियर सोनाली क्षेत्री रहेको समानान्तर समितिका सचिव प्रविन सापकोटाले बेनीअनलाइनलाई बताए ।‘यो समितिलाई महासंघले पनि आधिकारिक मान्छ,‘निर्माण ब्यवसायी म्याग्दीका जन्मदाताहरु नै यहाँ छन्’ सापकोटाले भने । उनले निर्माण ब्यवसायी संघको शनिबार र आईतबार भएको समितिलाई अवैधानिक र कानुन विपरित भएको निर्णय समेत भेलाबाट गरिएको बताए ।

संघका पूर्व अध्यक्ष अमर बानियाको अध्यक्षतामा भएको सो भेलामा पूर्व अध्यक्ष कृष्णकुमार शेरचनले सस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने बताए । त्यस्तै सल्लाहकार कृष्णकुमार विश्वकर्माले जिल्लाका सबै निर्माण ब्यवसायीलाई भटचनको अध्यक्षतामा बनेको समितिमा आवद्ध हुन अनुरोध गदैं जिसीको कार्यसमिति अवैध भएको तर्क गरे ।

उनले ८९ जना मध्य ४९ जना आफूहरुको पक्षमा रहेको बताउँदै भवनको प्रयोग गर्ने अधिकार नयाँ कार्यसमित भएको बताए । सल्लाहकार हेमराज शर्माले जिसी नेतृत्वको कार्यकालमा समयमा साधारणसभा गर्न नसकेको, साधारणसभामा फर्जी हिसाब देखाएको, बहुमत सदस्यहरुलाई साधारणसभा र अधिवेशनमा सहभागि नगराएको कारण नयाँ समिति बनाएको दावी समेत गरे । .नवनिर्वाचित अध्यक्ष भट्टचनले जिल्ला सबै स्थानीय तहमा सम्पर्क कार्यालय स्थापना गरेर भएपनि आफ्नो कार्यकाललाई स्थापित गर्ने बताए ।

यता असन्तुष्ट पक्षको उपस्थितीमा विधान संसोधन तथा निर्वाचन प्रक्रियामार्फत आइतबार विहान नारायण जिसीको अध्यक्षतामा कार्यसमिति चयन गरिएको थियो । जिसीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा महासंघका केन्द्रिय उपाध्यक्ष सहितको टोलीले समेत सहभागिता जनाउँदै निर्वाचन प्रक्रियाबाटै आएको संघलाई मान्यता दिने संकेत गरेको थियो । निर्वाचन र समानान्तर संघमा विभाजित भएपछि निर्माण ब्यवसायी संघको थप पेचिलो हुने छ ।

विज्ञापन