आर्य खत्रीलाई एथ्लेटिक्समा दुई स्वर्ण

बेनी नगरपालिका अन्तर माविस्तरीयस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय प्रतियोगिताको उद्घाटन खेलमै १५ सय मिटर दौडमाa आय खत्रीले दुई स्वर्ण जिते । एकैनासको दौडमा खत्रीले प्रतियोगिताको पहिलो खेलमै स्वर्ण जित्दै बेनपा ९ घतान नेप्टेचौरस्थीत राष्ट्रिय माविलाई अग्रता दिए । खत्रीले प्रतियोगित अवधिमा १५ सय, ३ हजार मिटर दौडमा स्वर्ण पदक र ८ सय मिटरमा रजत पदक जितेका थिए ।

खत्रीले एथ्लेटिक्स तर्फ विद्यालयलाई तीनपटक दिदैं चर्चा कमाए । ‘एथ्लेटिक्समा धेरै पदकको आश गरिएको थियो,‘उनी सहभागी भएका सबै खेलमा पदकको आशा थियो’ विद्यालयका शिक्षक रामचन्द्र पौडेलले भने । उनका अनुसार प्रतियोगितामा खत्रीको खेलबाट आयोजक सहित सहभागी विद्यालय समेत झस्किएको बताए । ८ सय मिटर दौडमा समेत केही प्राविधिक कमजोरीले रजत पदकमा सिमित हुनपरेको बताउँदै उचित अवसर पाएमा खत्रीले क्षेत्रीय सहित राष्ट्रियस्तरमा समेत उत्कृष्ट खेल प्रर्दशन गर्न सक्ने विद्यालयले जनाएको छ ।

बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले आयोजना गरेको माविस्तरीय दौड प्रतियोगितामा प्रथम हुदै चर्चामा आएका खत्रीले सदरमुकाम बाहिर एथ्लेटिक्सका महत्वपूर्ण विधानमा उपाधी लैजान सफल भएका छन् । उनले विना अभ्यास प्रतियोगितामा सहभागी हुदाँ समेत सफलता मिलेको बताए । ‘तालिम सहित अवसर पाएमा धेरै गर्न सकिन्छ,‘गाउँमै सिकेर बजारमा प्रतिस्पर्धा गर्नुपरेको छ’ खत्रीले बेनीअनलाइनलाई भने । उनले भविस्यमा पनि प्रतियोगितामा सहभागि हुने बताए । उनले आफ्नो प्रयासले विद्यालयको नाममा उपाधी जित्दा धेरै उत्साहित भएको बताए । प्रतियोगितामा सदरमुकाम बेनीमा विद्यालयबाट सहभागि भएका खेलाडीलाई फराकिलो अन्तरले दौडमा पछाडी पारेका थिए ।