म्याग्दी जिल्लामा अत्याधिक प्रयोग हुने महिन्द्रा कम्पनीका सवारीसाधनको फ्रि सर्भीस क्याम्प सञ्चालन भएको छ । म्याग्दीको आधिकारिक विक्रेता समेत रहेको पर्वत बेनीको मोटरेबल पुल नजिक सञ्चालित हरि अटो पाट्र्समा महिन्द्रा कम्पनीका सवारी साधनहरूको निशुल्क सवारीसाधनको मर्मत भइरहेको सञ्चालक हरि भण्डारीले बताए । उनका अनुसार म्याग्दी जिल्लामा सर्वाधिक प्रयोग हुने कम्पनीमा सवारीसाधनको समस्या तथा यात्रा तथा ढुवानीको क्रममा सहज हुने गरी मर्मत सहित परामर्श समेत दिइने बताए ।

माघ २० देखि २३ सम्म सञ्चालन हुने क्याम्पका क्रममा महिन्द्रा कम्पनीका अनुभवी, दक्ष मिस्त्रीहरुद्धारा निशूल्क रुपमा सवारी मर्मत गर्नेछन् । महिन्द्रा मेगा प्रि सर्भीस क्याम्पका क्रममा महिन्द्रा कम्पनीका स्कारपीयो, बोलेरो जिप, महिन्द्रा कम्पनीको सम्पूर्ण गाडीहरुको उपकरण, औजार खदिरमा १२ प्रतिशत छुट सुबिधा रहेको छ । म्याग्दी, मुस्ताङ र पर्वतमा प्रयोगकर्ता क्याम्पमा आएका छन् ।