एनआइसी एशिया वारीबेनी शाखाको उद्घाटन

0

पर्वत जिल्लाको जलजला गाउँपालिका–३ वारीबेनीमा रहेको एनआईसी एशिया बैंकको शाखाको औपचारिक उद्घाटन गरिएको छ। सेवासुविधालाई आक्रामक रुपमा विस्तार गरिरहेको शाखाको उद्घाटन गदैं जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले सहरदेखि ग्रामिण क्षेत्रसम्मका जनतालाई घरदैलोमै सेवा उपलब्ध गराउनुपर्ने बताए ।

उनले गाउँपालिका भित्र रहेका वित्तिय संस्थाले ब्यापार,ब्यवसाय, कृषि, पर्यटन तथा जलविद्युतको क्षेत्रमा लगानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । करोबार सुरु भएको एकबर्षपछि शाखाको उद्घाटन गरेको हो ।

कार्यक्रममा नीजि क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालकै सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित भएको क्षेत्रीष् प्रबन्धक दिपेन्द्र शर्माले बताए ।उद्घाटनको अवसरमा विभिन्न राजनितिक दलका प्रतिनिधि, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य लगाएतको उपस्थिति रहेको थियो । बैकले वारिबेनीसंगै म्याग्दीको सदरमुकाम बेनी लगाएत आसपासका क्षेत्रमा समेत सेवा प्रवाह गरिरहेको छ । देशभर २७० शाखा, २८९ एटियम, एक्टेन्सन काउन्टर ३९ र २३ शाखारहित बैंकिङ सेवा, १७५ अर्व निक्षेप,१४९ अर्व कर्जा र १४ लाख ५० हजार ग्राहक रहेको शाखा प्रवन्धक गणेश पौडेलले बताए ।