एनसेलले ७२ अर्व कर तिर्न अटेर गरेपछि विद्यार्थी आन्दोलित

0
310

विप्लव निकट अखिल क्रान्तिकारीले दुरसञ्चार सेवाप्रदायक संस्था एनसेलको विरुद्धमा सदरमुकाम बेनीमा विरोध सभा गरेको छ । नेपाल सरकारलाई तिर्नुपर्ने ७२ अर्व कर तिर्न अटेर गरेको एनसेलले राज्यका केही ब्यक्तिलाई प्रयोग गरी कर र्तिन अटेर गरेको भन्दै विप्लव निकट विद्यार्थीले कर नतिरे एनसेललाई अबको आन्दोलन महंगो हुने चेतावनी दिएका छन् ।

सदरमुकाम बेनीबजार परिक्रममा गरी क्याम्पसचोकमा आयोजित विरोधसभालाई सम्बोधन गदैं धवलागिरी क्षेत्रीय समन्वय समिति संयोजक भरत रावल र यूवा संगठनका जिल्ला संयोजक किरण पुनले जनताबाट सेवावापत गरेको आम्दानीबाट राज्यलाई तिर्नुपर्ने कर केही नेतालाई बुझाएर् उम्किने प्रयास गरेको बताउँदै कुनैपनि हालतमा एनसेल विरुद्धको आन्दोलनलाई नरोक्ने चेतावनी दिए ।

उनीहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले एनसेलबाट कर असुल्न आनकानी गरे एनसेललाई अवको आन्दोलन महंगो हुने बताउँदै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए । क्रान्तिकारी विद्यार्थीले एनसेललाई राज्यको संरक्षण रहेको बताएका थिए । विद्यार्थी नेताले एनसेललाई बचाउने, ठगी गर्न दिने राज्यका संयन्त्र विरुद्ध आन्दोलन चर्काउने बताएका थिए । विरोधसभाको केन्द्रिय सदस्य सम्राट सापकोटाले सञ्चालन गरेका थिए ।