बजेट संसोधन गर्दै मंगलाको चौथो गाउँसभा सकियो

0

चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगला गाउँपालिकाको चौथो गाउँसभा सोमबार बाबियाचौरमा सकिएको छ ।सशर्त शिर्षक बाहेकका १४ करोड ८५ लाख ४८ हजार ४५२ रुपैयाँको बजेटलाई संसोधन गरेर चालूतर्फ चार करोड ८४ लाख ५१ हजार र पूजीगततर्फ दश करोड तीन लाख ९७ हजार ४५२ रुपैयाँ बिनियोजन भएको छ ।

क्षमता विकास सम्बन्धि विभिन्न २४ वटा तालिम सञ्चालनका लागि ७२ लाख रुपैयाँ बिनियोजन भएको छ । दलित, महिला, जेष्ठ नागरिक, आदीवासी, जनजाति, अपाङ्गता भएका लक्षित समुदायको कार्यक्रमलाई १३ लाख रुपैयाँ बिनियोजन भएको छ । माघको २५ देखि २७ गतेसम्म बाबियाचौर र हाँडेभिरमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा सञ्चालन भएको गाउँसभाको सहजिकरण प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले गर्नुभएको थियो भने उपाध्यक्ष सिर्जना केसी लगायत गाउँसभाका सदस्यहरुले आफ्नो बिचार व्यक्त गर्नुभएको थियो ।गत पुष २५ गतेदेखि गाउँसभा सुरु भएको थियो । बजेट संसोधन भएपछि कार्यान्वयनको बाटो खुलेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।