वाईडबडी जहाज खदिर प्रकरणमा संलग्नलाई जोगाउने प्रयासलाई प्रतिवाद गर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य बीर बहादुर बलायरले चेतावनी दिएका छन् । देशमा आर्थिक अनुशासन उल्लंघन भएको बताउँदै प्रधानमन्त्रीका आसपासमा बसेर खरिद ऐन विपरित कमिसनको चक्करमा घोटला भइरहेको बताए । उनले विमान खरिद प्रकरणमा दोषीलाई पार्टीले संरक्षण नगर्ने बताउँदै ठूलो आर्थिक घोटलामा संलग्नलाई जुनकुनै पार्टीको भएपनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

नेपाली कांग्रेस म्याग्दीले पार्टी कार्यालयमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा पूर्वमन्त्री समेत रहेका बलायरले हल्लाभन्दा पनि तथ्यमा पुगेर छानविन गरी कारवाही गर्नुपर्ने बताए । उनले गरिब जनताले भोकभोकै बसेर दैनिकजसो करोडौको घोटलाका समाचार सुन्न बाध्य भएको बताए । नेपाली कांग्रेसको विरोध कार्यक्रममा सहभागि आएको अवसरमा आयोजित कार्यक्रममा बलायरले पार्टीलाई दाई ‘गुट’ ले सखाप पारेको बताए । उनले मन्त्रीपदमा बसेर जनताको पक्षमा काम गरेको बताए । विभिन्न पक्षमा विभाजित नेताकार्यकर्ता नै पार्टीका दुस्मन भएको उनले बताए ।

उनले गुटलाई छोडेर कांग्रेसलाई साथ दिन अनुरोध गरे । स्वागत कार्यक्रममा कांग्रेस म्याग्दीका निर्वतमान सभापति रेशम बहादुर बानियाँले समेत संगठन विस्तार सहित जनताको घरदैलोमा पुग्ने कार्यक्रमहरु ल्याउनुपर्ने बताए । भेटघाट कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिवद्धय हरिकुमार श्रेष्ठ, क्याप्टेन मिन बहादुर कार्की, पूर्व उपसभापति नेत्र बहादुर महत, पर्वत जिल्ला जलजला गाउँपालिकका अध्यक्ष रामकृष्ण मल्ल, नेपाली कांग्रेस बागलुङका यूवा नेता बसन्त कुमार श्रेष्ठ लगाएत पाटीका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टी सहसचिव भरत रकालले गरेका थिए।

विज्ञापन