मालिका गाउँपालिका–४ ओखरबोट गाउँमा घर घरमै खानेपानीको धारा विस्तार गरिएको छ । नेपाल र फिनल्याण्ड सरकार, मालिका गाउँपालिका र स्थानीय उपभोक्ताको आर्थिक तथा जनश्रमदानमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्मित आयोजना मार्फत घरघरमै खानेपानी पुगेको हो ।

एक घर एक धारा अभियान अन्र्तरगत डिल्ली खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्तरगत ५३ लाख ७३ हजार २४६ रुपैयाँ लागतमा निर्मित आयोजनाको गाउँपालिकका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गदैं घरदैलोमै खानेपानीको धारा पुर्याउने बताए। उनले जनताको आधारभुत आवश्यकता भित्र पर्ने शिक्षा, स्वास्थ्य,खानेपानी,सडकलाई प्राथमिकता दिएको बताए। ‘जनताको घरदैलोमै खानेपानी पु¥याउन प्रतिबद्ध छौ,‘एक घर एक धारा गाउँपालिकाको अभियान नै हो’ रोकाले भने ।

खानेपानी तथा सरसफाईका अभियानमा आर्थिक बर्षमा समेत प्राथमिकताका साथ बजेट विनियोजन गर्ने रोकाको भनाई थियो ।खानेपानी आयोजनाको निर्माणकार्य सम्पन्न भएपछि तेस्रो अनुगमन तथा सार्वजनिक परिक्षण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले साझेदारी आयोजना प्रभावकारी देखिएको बताइएन् । उनले जनसहभागितामा निर्मित योजनाहरु लक्ष्य अनुुसार नै सम्पन्न हुने गरेको बताईन् ।

आयोजान निर्माणका लागि नेपाल सरकारबाट २१ लख ३२ हजार, १०४ रुपैयाँ, फिनल्याण्ड सरकार ११ लाख ९९ हजार, ३०८ रुपैयाँ,मालिका गाउँपालिका ५ लाख ३४ हजार ३३४ रुपैयाँ र स्थानीय जनश्रमदान १४ लाख ५० हजार ७७६ रुपैयाँ लागतमा सम्पन्न भएको थियो । आयोजनाबाट ओखरबोटका ४० घरधुरीमा ब्यवस्थित धारा पुगेको छ । गाँउमा रहेका अन्य घरधुरीले समेत पुरानै संरचनामा घरदैलोमै खानेपानी प्रयोग गरिरहेको स्थानीय नविन पुनले बताए । आयोजनाको उद्घाटन तथा तेस्रो सार्वजनिक परिक्षण कार्यक्रममा सरसफाई विज्ञ चन्द्र विष्टले समुदायले आफ्नो ब्यक्तिगत काम समेत छोडेर जनश्रमदानमा जुट्ने गरेको बताए ।

उनले जनसमुदायको सक्रियतामा निर्मित योजनाहरुको खर्च समेत पारदर्शी हुने बताए । खानेपानीको दिगो विकासका लागि कोषको आवश्यकता पर्ने उनको भनाई थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बृद्धिराम उपाध्याय, वडा अध्यक्ष दिलिप शेरचन लगाएत स्थानीयको सहभागिता रहेको थियो । उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर रसाईलीको अध्यक्षता, नविन पुनको सञ्चालन, आर्थिक प्रतिबेदन सचिव भिमबहादुर घर्ती र कार्यक्रमको सञ्चालन नविन पुनले गरेका थिए ।