जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ । साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित भड्किलो रुपमा जन्मदिन मनाउने क्रम बढ्दै गैरहेको छ ।

तर, म्याग्दीका एक युवाले भने बुधबार आफुँले पढाउने विद्यालयका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण गरेर जन्मदिन मनाएका छन् । जिल्लाको मालिका गाउँपालिका ५ देविस्थानस्थीत भिम माविका शिक्षक यामनाथ पौडेलले आफ्नो २५ औं जन्मोत्सवको अवसरमा मनोज विकलाई १ सेट पोशाक सहित कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई स्टेशनरी वितरण गरेका हुन्।

मंगला गापा–०२ ताराखेतका पौडेलले जन्मदिनको अवसरमा विद्यालयकै बालबालिकालाई सहयोग गर्न पाउँदा उत्साहित भएको बताए । उनले विद्यालयलाई समेत पुस्तक उपहार दिएका थिए । जन्मदिनको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सु.दिलबहादुर पुन, प्रधानध्यापक डम्बर बहादुर घर्ती मगरले पौडेललाई जन्मदिनको शुभकामनासहित पुष्पगुच्छा उपहार दिएका थिए ।

जन्मदिनमा शिक्षकसंगै विद्यार्थीले समेत रचनात्मक कार्यक्रम गरी मनाउनुपर्ने जोड दिइएको थियो । यसैबीच सोही अवसरमा विद्यालयका प्रधानध्यापक घर्तीले कक्षा ५ मा अध्ययरत जेहेन्दार शंकर पुर्जाको अभिभावकत्व ग्रहण गरेका थिए ।