बाख्रापालक कृषक संघको अध्यक्षमा पुन

0
270

म्याग्दीका बाख्रापालक कृषकहरु आवद्ध बाख्रापालक कृषक संघको अध्यक्षमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ्ग तातोपानीका वुद्धीबहादुर पुन चयन हुनुभएको छ । संघको बुधबार बेनीमा भएको दोस्रो अधिवेशनबाट संघको उपाध्यक्षमा तोरीपानीका आनन्द रिजाल, महासचिवमा नरबहादुर थापा, कोषाध्यक्षमा पूर्णबहादुर पाइजा र सचिवमा रश्मी भण्डारी कुँवर चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा डिजन शर्मा, भरतबहादुर मल्ल, यामबहादुर खड्का, हेमत् तिलिजा, सिता बरुवाल, हेमबहादुर खत्री र सञ्जय कुँवर रहनुभएको छ । संघका अध्यक्ष हेमबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय कोषाध्यक्ष धन बहादुर श्रीषको प्रमुख आतिथ्यता.भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक जिवन आचार्य लगायतको उपस्थिती थियो ।