म्याग्दीमा ‘विप्लव’ नेतृत्वको अखिल क्रान्तिकारीका दुई नेता पक्राउ

0
506

म्याग्दीमा शिक्षण संस्था बन्द गर्दै हिडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) का दुई विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

शिक्षण संस्था बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारीका जिल्ला सचिब रोहित विक र सुसन किसानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक लोकवहादुर गुरुङले जानकारी दिनुभयो ।शिक्षण संस्थालाई बन्द गराउँदै हिडेको अबस्थामा दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक गुरुङले बताउनुभयो ।

केन्द्रिय संघर्षको कार्यक्रम अन्र्तगत जिल्लामा शिक्षण संस्था बन्द आह्वान गर्दा समेत अटेर गरेकाहरुलाई बन्द गराउँदै गर्दा नियण्त्रणमा लिईएका विद्यार्थी नेतालाई तुरुन्त विना सर्त रिहाईको लागि जिल्ला अध्यक्ष विनय खड्काले माग गर्नुभएको छ । विप्लव नेतृत्वको त्राmन्तिकारीले आइतबार देशभरिका शिक्षण संस्था बन्द आह्वान गरेको थियो ।