कालिगण्डकीको भेलमा हराएकी सविताले न्याय पाईन्

0

अन्नपूर्ण गाउँपालिका–७, घराम्दीकी २० वर्षीया सविता नेपालीलाई विवाह गर्ने प्रलोभनमा बेनी नगरपालिका–९, काउलेगौंडाका ३२ वर्षीय रवि खड्काले प्रेमजालमा फसाए । सवारीसाधन चलाउने खड्का र बेनीमा अध्ययनको सिलसिलामा आएकी नेपालीले लुकिछिपी नयाँ सम्बन्ध बनाएका थिए । २०७४ माघमा भएको म्याग्दी महोत्सवदेखि प्रेम सम्बन्धमा रहेका दुवैजनाले आफ्नो सम्बन्धका बारेमा परिवार र समाजबाट लुकाउन चाहन्थ्ये ।

घराम्दीकी नेपालीलाई खड्काले भेट्न सजिलै थियो । घराम्दीकै घराम्दीका ओम बहादुर रन्तिजाको बोलेरो चलाउँदै आएका रवि निकट हुँदै गर्दा सविता गर्भवती भएपछि परिवार हुदै समाजले थाहा पायो ।स्थानीय आमा समुहको भेलालले रबी र सविताको सम्बन्धलाई श्रीमान–श्रीमतिको प्रस्तावलाई तत्कालै स्वीकार गरेपछि गाउँबाट रबी र सविता बेनी तर्फ लागेका थिए ।

मनोरञ्जनको साधन जस्तै सम्झिएका रबीले सवितालाई श्रीमतिको रुपमा स्वीकार गरेपछिको अवस्थालाई निकै भयानक सम्झिएका थिए । घराम्दीबाट बेनीतर्फ आउँदा रबी र सविना बीचको संवादलाई समेत निकै तनावपूर्ण मानिएको थियो । गाउँबाट बेनी आउने केही यात्रुलाई गाडीमा ठाउँ छैन भन्नुले पनि रबीको योजना सवितालाई स्वीकार भन्दा फरक देखिन्छ ।

महोत्सवमा चिनजान त्यसपछिको सम्बन्धलाई रबिले परिवार र समाजबाट विस्थापितको त्रासले रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थीत काले ओडार र गाँउगोडाको सिमानामा सविता सवार लु २ च २४५४ नम्बरको बोलेरो जीप उर्लिएको कालिगण्डकी भेलमा मिसाए । दलित यूवतीसंगको अनैतिक सम्बन्धपछिको अवस्थालाई सविताको मृत्युसंग जोडेका रबीलाई बुधबार जिल्ला अदालत म्याग्दीले ३० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाउँदै गर्दा हराएकी सविताले न्याय पाएकी छन् ।

‘लास पाएनौं, पाउँदैनौ होला पनि,‘न्याय पाएका छौ’ सविताका आफन्तले भने । बेपत्ता भएलगत्तै खोजीकार्यमा जुटेका आफन्तलाई शसस्त्र प्रहरीको टोली कालिगण्डकीको भेलमा पस्दा जीपभित्रै भेटिने आश गरेको बताउँछन् । सहमतिमै प्रेम सम्बन्ध बनाएपछि स्वीकार गर्नुपर्नेमा कालिगण्डकीको भेलमा बगेकी छोरीलाई सम्झिएर अझै आँसु खस्ने गरेको आफन्तको भनाई छ ।

हिस्तानकी वडा सदस्य समेत रहेकी विष्णु नेपालीले हत्यामा संलग्नलाई अदालतबाट दिइएको सजायले पीडितलाई राहत मिलेको बेनीअनलाइनलाई बताईन् । ‘दलित भएकै कारण यो घटना भएको हो,‘समाजमा यस्ता घटनालाई अन्त्य गर्न कानुनी सेवा कडा हुनुपर्छ’ उनले भनिन् । उनले समाजमा यस्ता जघन्य अपराधलाई न्यूनिकरण गर्न दोषीलाई आजिवन कारावासको सजाय हुनुपर्ने बताईन् ।

‘दलित मनोरञ्जनका साधन होईन्,‘कानुन सबैलाई समान हुन्छ भन्ने आश जागेर आएको छ’ उनले भनिन् । जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष, जबरजस्ती शरीर बन्धक ८ वर्ष र घटनाको प्रकृति अनुसार थप २ वर्ष कैद र १ लाख जरीवाना तिराउने गरी फैसला गरेका थिए । दलित महिलासंगको सम्बन्धलाई नस्वीकारर्ने डरले नियतवश हत्या गरिएको फैसलाले दलित अधिकारकर्मीले समेत सविताको घटनामा सलग्नलाई कारवाहीको माग गदैं आएका थिए ।