अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पिडित भुपेन्द्रबहादुर खड्कालाई रेडक्रस सोसाईटी शिख उपशाखाले राहत सामग्री सहयोग गरेका छन् । पीडित खड्कालाई त्रिपाल, कम्बल, भाडाकुडा लगाएतका लत्ताकपडा वितरण गरिएको थियो । राहत वितरणमा उपशाखा सभापति दिनेश कुमार पुन, सचिव सेते तिलिजा पुन, कोषाध्यक्ष बेग बहादुर पुन लगाएतको उपस्थिती रहको थियो ।

ग्याँस चुहावट भएर आगोलागी हुँदा एक्सीलेन्ट भ्यु लज एण्ड रेष्टुरेन्ट सञ्चालन गरिएको एक तले पाँच कोठे घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगोलागि पिडितका लागि यसअगाडी मात्रृभूमिका लागि यूवा अभियानको केन्द्रिय समिति, कोरिया शाखा, बेनीमा यूवा सागर बरुवाल, रेडक्रस सोसाईटी घार, भूरुङ तातोपानी उपशाखा लगाएतले राहत वितरण गरेको थियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले व्यक्तिगत रुपमा दश हजार रुपैयाँ सहयोग गरेका थिए । सेते तिलिजा पुन