झापाका सबै स्थानीय तहमा गतिलो योजना त छैनन् तर वर्तमन प्रधानमन्त्री केपी शर्मा अोलीको गृहनगर दमकमा भने अनेकौँ योजना अघि सारिएका छन् । यहाँ राष्ट्रिय गौरवका योजनासहित नगरस्तरीय योजनामा पनि संघीय सरकारले दमकमा अर्बौको बजेट विनियोजन गरेको छ । सरकाले दमकमा पौने ३ अर्बको लागतमा भ्यू टावर निर्माणका लागि टेन्डर आहवान गरेको छ ।
कान्तिपुर दैनिक पत्रिकाका अनुसार दमकलाई केन्द्र बनाएर कमल गाउँपालिका र गौरादह नगरपालिकाका २२ सय बिघा क्षेत्रफलमा अद्यौगिक क्षेत्र निर्माण अघि सारिएको छ । यसका लागि अहिले जग्गाधनीलाई मुआब्जा रकम वितरण भइरहेको छ । प्रधानमन्त्री ओलीले दमकमै विश्वको अग्लो बुद्धमूर्ति निमार्ण योजना पनि अघि सारेका छन् ।