बाक्लो हिमपातले म्याग्दीको बेनी नगरपालिकासंगै जिल्लाका पाँचवटे गाउँपालिकाका अग्ला डाँडा तथा बस्तीहरु सेताम्मे भएका छन। लगातार ३ दिनदेखिको बर्षासगै जिल्लामा बाक्लो हिमपात भएपछि डाँडाकाँडा सेताम्मे भएका हुन। बाक्लो हिमपातले जिल्लाको जनजीवन प्रभावित भएको छ।

१२ बर्षपछि म्याग्दीको तल्लो क्षेत्रमा यसबर्ष दोस्रोपटक हिमपात भएको छ । हिमपातले बेनी नगरपालिका वडा नं १, ६, ७, ९ बाहेक अन्य वडामा हिमपात भएको छ भने जिल्लाका मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका भित्रका अधिकांस वडाका बस्ती तथा डाँडाकाडा सेताम्ये भएका छन। चिसोका कारण स्थानीयहरू घर बाहिर निस्कन सकेका छैनन् ।

लामो समयको खडेरीपछि पानीसँगै हिमपात भएपछि कृषकहरू खुशी भएका छन। जिल्लाभर नै हिमपात भएकाले चिसो समेत अत्यधिक बढेको छ । विहानै हिमपातसंगै चिसो हावाका कारण जनजीवन प्रभावित भएपनि बेनी अनलाइनले यो समाचार तयार पर्दासम्म मौसम अनुकु्ल बन्दै गइरहेको छ । हिउँमा घाम परेपछि बस्ती चाँदी जस्तै टल्किएको छ । बेनीबजारबाट भकिम्ली र ज्यामरुककोटका अग्ला डाडा तथा बस्तीमा हिमपात भएको दृष्य देख्न सकिन्छ ।