मालिका गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ । आगामी फागुन ३देखि ५ गतेसम्म जनप्रिय माविको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा गाउँपालिका भित्रका ११ माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको मालिका गापा वडा नं ६ का अध्यक्ष सन्तनाथ सुबेदीले बताए । ‘उपसमिति बनाएर तयारी सुरु गरिएको छ,‘ग्रामिण क्षेत्रमा लुकेका खेल प्रतिभको पहिचान हुनेछ’ सुबेदीले भने ।

उनका अनुसार उपसमिति मार्फत प्रतियोगितालाई भब्य रुपमा सञ्चालन गरिने बताए । प्रतियोगिताको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।विद्यालयस्तरका खेल प्रतिभाको पहिचान गर्री जिल्ला, प्रदेश हुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने उद्देश्यले खेलकुद मन्त्रालय र खेलकुद परिषद्सँगको समन्वयमा प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।उनका अनुसार मालिका खेलकुदमा सम्भावना भएको जिल्ला भएकाले पनि खेलाडीको पहिचान गरी गाउँपालिकाले आवश्यकता अनुसार सहयोग गर्ने बताए ।

प्रतियोेगितामा छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्स बिधाका खेल सञ्चालन गरिने भएको छ । प्रतियोगितामा बिजेताले रनिङ्ग कप, मेडल र प्रमाणपत्र सहित ५० हजार रुपैयाँ नगद, उपबिजेताले २५ हजार रुपैयाँ र तितृयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयले समेत बजेट विनियोजन गर्ने जनाइएको छ । म्याग्दीमा बेनी नगरपालिका, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाले प्रतियोगिता सम्पन्न गरेका छन भने प्रतिकुल मौसमका कारण शुक्रबारदेखी सञ्चालन हुने भनिएको मंगला गाउँपालिकाको खेल स्थगित भएको थियो ।