हिमालपारीको जिल्ला मुस्ताङमा गएरातिदेखि भारी हिमपात भइरहेको छ । सदरमुकाम जोमसोमलगायतका स्थानमा अहिले पनि हिउँ परिरहेको छ ।  हिमपातका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् । जोमसोमको तापक्रम माइनस ८ डिग्री सेल्सियसबाट पनि तल झरेको बताइको छ ।

तस्वीर : भरतकुमार मैनालीबाट