लुलाङको खोरियामाथि हिउँको कार्पेट (फोटो फिचार)

म्याग्दीको बिकट धवलागिरी गाउँपालिका–२ लुलाङको खोरिया हिमपातले सेताम्मे भएको छ । लगातारको बर्षासंगै गएरातीदेखि परेको हिमपातले लुलाङका सबै बस्ती हिउँले पुरिएको छ । हिउँले ढाकिएका लुलाङ, लम्सुङ, खोरिया लगाएतका बस्तीहरुमा बालबालिकादेखि बृद्धबृद्धासम्म हिउँमा रमाइरहेका छन् । बस्ती आसपासमा करिव १.५ फिट हिउँ जमेको छ ।

घरआगनमै बाख्लो हिउँ जमेपछि स्थानीयले घरायसी औजारको प्रयोग गरी फाल्न थालेक छन् । यातायातको साधान समेत नपुगको बस्तीमा जोड्ने पदैलमार्ग समेत हिउँले पुरेको छ । दिउँसो विस्तारै आकाश खुल्न थालेपछि सेतो हिउँ टल्किएको छ । आकाश खुलेपछि खोरिया आसपासबाट दखिएको डाँडापाखा चाँदी जस्तै चम्किएका छन् । लुलाङ हुदै गूर्जा जाने मार्ग समेत हिमपातले रोकिएको छ । गूर्जा जोड्ने पैदलमार्गमा बाख्लो हिउँ परेपछि आवतजावतमा समस्या भएका स्थानीयले बताएका छन् । तस्वीरहरू हिराज बुढा मगर