लिबियामा अलपत्र दुई म्याग्देली सहित यूवाहरु उद्धारको पखाईमा

गत कार्यक्रममा लिबियाको जेलमा रहेको आफ्नो छोराको उद्धार गर्न आग्रह गर्दै कतारबाट रामबहादुर खत्रीले लाइभमा गुनासो गरेका थिए । उनको छोरा कुल बहादुर खत्रीको उद्धारको प्रयास भइरहेको छ । लिबियामा खत्री लगायत अन्य नेपालीहरु पनि कोही जेलमा त कोही दलालको फन्दामा परेका छन् । रोजगारीका लागि इटाली जान भनि हिडेका कास्काका ओमराज गुरुङ, सुरेश केसी, पर्वतका रञ्जित केसी, म्याग्दीका अमन लोजा र धिरज थापा अहिले लिबियामा बन्दक बनेका छन् ।

उनीहरुलाई कास्कीकै जितकाजी गुरुङले जनही १३ लाख लिएर इटालीको बाटो देखाएका थिए । उनै जितकाजी गुरुङले अर्का एजेन्ट सन्तोष पराजुली मार्फत उनिहरुलाइ दुबई पु¥याए । दुबइमा २ महिना राखेर लिबियाको सामुन्द्री बाटो इटाली छिराउन खोजेको थिए । साउदी अरेबियाबाट छुट्टीमा आएको छोराले इटाली जाने भनेपछि सुरुमै पैसा बुझाएकी पुष्पा केसी अहिले छोराको पीडा सुनेर छटपटाइरहेकी छिन् ।

कास्की कै ओम गुरुङकी श्रीमती रोजगारीका लागि कोरियामा छिन्, छोरा सासु आमासँग छोडेर रोजगारीका लागि हिडेका थिए । तर अहिले लिबियामा बन्दक बनेपछि बृद्ध सासु ज्वाँईलाई बचाएर नेपाल फर्काइदिन गुहार माग्र्दै भौँतारिरहेकी छन्।म्याग्दीका अमन लोजासहित ओम र रञ्जितलाइ अहिले पाकिस्तानी दलालले राखेको छ । उनीहरुले परिवारालई पठाएको भिडियोमा उनीहरुको अवस्था हृदय विरादक छ ।

सुरेश र धिरज जेलमा सुरक्षीत रहेपनि अन्य ३ जनामा असुरक्षीत छन् । पाकिस्तानीले पटक पटक धम्क्याउँदै ५ लाख पैसा मागिसके । यता नेपालबाट पैसा पठाइदिपछि ९ दिनदेखि उनीहरुको कसैसँग सम्पर्क भएको छैन ।नेपालमा उनीहरुले भेट्नु पर्ने र निवदेन दिन कतै छाडेका छैनन् । केन्द्रीय अनुसन्धान व्युरोदेखि परराष्ट्र मन्त्री, श्रम मन्त्री गृहमन्त्री सबैलाई भेटिसके । तैपनि उनीहरुका आफन्तको उद्धार हुन सकेको छैन ।

अहिले पनि उनिहरुलाई पक्राउ परेका दलालहरुलाई नछाड मारीदिने भन्दै पाकिस्तानी एजेन्टले धम्की दिदै आएका छन् ।अहिले पोखराका एजेन्ट जितकाजी गुरुङ र एजेन्ट सन्तोष पराजुली पक्राउ त परेका छन् तर उनीहरु धरौटीमा छुट्ने कुराले पीडितका परिवार झन् त्रसित बनेका छन् । यता एजेन्टहरु रिहा भए आफ्ना आफन्तलाई झनै् समस्या पर्ने हो कि भन्ने चिन्ता उनीहरुको छ । news24nepal.tv