जिप दुर्घटनामा परेकी गर्भवती महिलालाई हेली मार्फत मणिपाल लगियो

म्याग्दीको सदरमुकाम बेनी देखी रंघुगंगा गाउँपालिका वडा २ भगवती जादै गरेको जीप दुर्घटनामा गम्भीर घाईते एक गर्भवती महिलालाई हेलिकप्टरबाट थप उपचारका लागि पोखरा रिफर गरिएको छ । सदरमुकाम बेनीबाट यात्रु बोकेर जादै गरेको ग १ ज ५८९९ नम्वरको जिप गलेश्वर पारिपटी रघुगंगा गाउँपालिका ३ पिप्ले खण्डको उकाली सडकमा अनियन्त्रित भई एक सय मिटर तल खस्दा एक गर्भवती सहति ११ जना घाईते भएका थिए ।

‘घाईतेको उपचारमा कुनै कमी हुन दिएका छैनौ,‘दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा उद्धारमा खटिए’गाउँपाकिला अध्यक्ष भव बहादुर भण्डारीले बेनीअनलाइनलाई भने । उनका अनुसार घाईतेको उपचारका लागि गाउँपालि र ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने बताए।

घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । काली दमीलाई रघुगंगा गाउँपालिकाको विपत व्यवस्थापनका कोषबाट खर्च गर्ने गरीगाउँपालिकाको अगुवाइमा प्रभुको हेली मार्फत पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । चालक सहित १३ जना यात्रु बोकेको जिपमा रघुगगा गाउँपालिका–३ की काली दमीनी, ५६ बर्षका कर्न बहादुर काकी, ४१ बर्षे सजिन मल्ल, बेनपा ८ की ३५ बर्षे दुर्गा पौडल, ७५ बर्षे गोबिन्द शर्मा, सरोज बरुवाल, आरोषी घर्ति, बिल सार्की, सम्झना भण्डारी, सिर्जना जिसी र उनका १ बर्षका छोरा आहान जिसी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गर्भवती दमाईको उपचारमा सहज हुने गरी हेलीमा बेनी अस्पतालबाट डा. रविकान्त शाहीलाई समेत पठाइएको जनाइएको छ । घाईते दमिनी बेनी अस्पतालमा चेकजाँच गरेर घर फर्किदै गरेको अवस्थामा दुर्घटनामा परेपछि थप उपचारका लागी तत्कालै हेलिकप्टरको ब्यवस्थापन गरिएको बताए । दुर्घटनामा घाईते भएका अन्य घाईतेको अवस्था समान्य रहेको छ । प्रहरीका अनुसार ओभरलोड भएर दुर्घटना हुन सक्ने अनुमान गरेको छ ।