बेनी सामुदायिक माविमा सरस्वती पुजा

0

बेनी सामुदायिक माविमा युवा रेडक्रस सर्कलको आयोजनामा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाइएको छ । सङ्गीत, कला, साहित्य र विद्याकी खानी सरस्वती पूजाको अवसरमा विद्यालयमा साना बालबालिकालाई अक्षरारम्भ गराइएको यु.रे.स नायक भरत थापाले बताए ।

उनका अनुसार विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थिीतिमा सेतो रङ्ग, फूल, चन्दन आदी पूजाका साम्रागी चढाइएको थियो । सरस्वती पूजालाई विद्यार्थीले समेत चासोपूर्वक आफ्नो शैक्षिक भविस्यसंग जोडेर मनाउन थालेपछि विस्तारै पूजाको महत्व बढ्दै गएको विद्यालयका निप्रअकाशिराम रेग्मीले बताए । पूजाआजाको अवसरमा ब्यवस्थापन समितिका अध्यक्ष नारायण कार्की लगाएतको उपस्थिती रहेको थियो । सचिन शाक्य