अस्पतालको बेडबाटै लुटियो दर्जी परिवारको खुसी

आपसी सहमतिमा एकबर्ष अगाडी लगनगाँठोमा बाँधिएका रघुगंगा गाउँपालिका–३ पिप्लेका दिनेश र प्रमिला दर्जीले आफ्नो सुन्दर भविस्यको रेखा कोदैं थिए । शिक्षाको सिलसिलामा जापानमा पुगेका दर्जी दम्पत्तीले आफ्नो परिवारलाई सुखमय बनाउन निकै मेहनत गर्ने गरेका थिए । विद्यार्थीबाट भिषा परिवर्तन गरेका दिनेशले लगनगाँठोमा बाँधिएको एकबर्षमा पहिलो सन्तानलाई स्वागतको तयारीमा थिए । नियमित काम, श्रीमतिको रेखदेख सहित पहिलो सन्तानलाई भित्राउने तयारी समेत बुनेका थिए।

परिवारलाई सुखसयलका साथ पाल्न जापानमा पुगेका दिनेशले भिषा परिवर्तन गरेपछि कमाई पनि राम्रो थियो । निकै मिलेको जोडी भनेर चिनिने दिनेश दम्पत्तीको पहिलो सन्तान छोरीको आगमनपछिको खुसीयाली मनाउने तयारी एक्कासी लुटियो ।गत जनवरी १३ तारिखमा एक्कासी घरमै बेहोस भएपछि जापानको कुवानास्थीत एक अस्पतालमा चेकजाँच गर्दा ब्रेनट्यूमर भएको चिकित्सकले बताएपछि दिनेशलाई छागाबाट खसेजस्तै भयो ।

सुखी परिवारमा एक्कासी पहाड नै खसेर थिचेजस्तै भयो । विदेशी भूमिमा पहिलो सन्तानलाई जन्माएर प्रमिलाले दिनेशसंग एकपटक पनि बोल्न पाईनन् । अस्पतालको बेडबाटै उनले परिवारलाई छोडेर विदा भईन् ।अचेत अवस्थामै छोरीलाई जन्म दिएकी प्रमिलालाई अस्पतालबाट कोठामा लैजाने दिनेशको हजारौं प्रयासहरू सपना जस्तै उडेर गए । ‘हुने हार दैव नटार’ भनेझै केबल त्यो सपना र प्रमिलाको परिवारको खसी लामो समय टिक्न सकेन ।

‘अस्पतालको बेडबाटै एउटा आमा विदा भईन्,‘परिवारको खुसीलाई दैबले लुटेर लग्यो’ मोना जापानका अध्यक्ष दिपक कार्कीले बेनीअनलाइनलाई भने । अस्पतालमा भर्ना भएलगत्तै पुगेको बताउँदै केसीले चिकित्सकले जापानका धेरै अनुभवी चिकित्सकसंग परार्मश गरेपनि उपचार असम्भव भएपछि निराश भएर फर्किएको बताए । ‘प्रमिलाको निधनले जापानमा रहेका म्याग्देली स्तब्ध भएका छौ,‘शिशुलाई उचित रेखदेखका लागि आर्थिक सहयोग जुटाइरहेका छौ’ कार्कीले भने ।

उनले प्रदेशको भूमिमा आफ्नै जिल्लाको चेलीलाई त्यो पनि सन्तानलाई जन्मि दिएर गुमाउनुपर्दाको पीडाका बीचमा मोनाले सहयोग संकलनको अभियानबाट केही सहयोग जुटाउने प्रयास गरेको बताए । ब्रेनट्यूमरबाट पीडित प्रमिलालाई उपचारमा लागेको खर्च सहित शिशुको रेखदेखका लागी संकलन गरिएको आर्थिकलाई केहीदिनमै हस्तान्तरण गरिने मोना जापानले जनाएको छ । प्रमिलाको हिजो अन्तेष्टी भएको छ । मोना जापान सहित क्षेत्रीय समिति नागोयाले समेत आर्थिक संकलन गरेको छ। दुखद् घटनापछि नागोयामा रहेका म्याग्देलीले मृतकका परिवारप्रति समवेदना प्रकट समेत गरेका छन् ।