प्रशासन सुधारको प्रयासबाट पछि हटे लालबाबु

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यसअघि आफैँले अघि सारेका प्रशासन सुधारको प्रयासबाट पछि हटेका छन् ।डिभी, पिआर लिएका कर्मचारीले निजामती प्रशासनमा रहन नपाउने र सचिव बढुवाका लागि क्लस्टरिङ प्रणाली लागू गर्ने निर्णयबाट उनी पछि हटेका हुन् ।

नेपाल सरकारबाट स्वीकृत संघीय निजामती सेवा ऐनको विधेयकमा यसअघि पण्डितले ल्याएका दुवै व्यवस्था हटाइएको छ ।०७० मा सामान्य प्रशासनमन्त्री हुँदा पण्डितले ऐन संशोधन गरी डिभी पिआर लिएका कर्मचारीलाई सेवामा रहन नसक्ने व्यवस्था गरेका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।