रघुगंगामा राष्ट्रपति रनिङ शिल्ड हुने

रघुगंगा गाउँपालिकाको आयोजनाामा झिँमा फागुन १० र ११ गते प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारीको अध्यक्षतामा आज बसेको शिक्षा समितिको बैठकले प्रतियोगिता सञ्चालनका लागि वडा न. ५ झिँमा गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष भण्डारीको संयोजकत्वमा तयारी समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए । रघुगंगा गाउँपालिकामा रहेका ९ वटा विद्यालयले सहभागिता जनाउने प्रतियोगितामा एथलेटिक्स, भलिबल, रिले बिधाका खेलमा प्रतिस्पर्धा गराइने गाउँपालिकाका हिक्षा संयोजक बालकृष्ण उपाध्याले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले ४ लाख बजेट विनियोज गरेको छ । विभिन्न उपसमिति गठन गरेर प्रतियोगिताको तयारी सुरु गरिएको छ । गाउँपालिका स्तरका खेल प्रतिभाको पहिचान गरी उनिहरुलाइ जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुने अवसर दिइने अध्यक्ष भब बहादुर भण्डारीले जानकारी दिए।