कुवेतमा अलपत्र शिख किन्दुका रन्तिजाको उद्धार

कुवेतमा अलपत्र म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–५ किन्दुका चम बहादुर रन्तिजा मगरको उद्धार गरिएको छ । मोना कुवेतको पहलमा बिगत २२ वर्ष देखि कुवेतमा कार्यरत वर्ष ५२ का चम बहादुर रन्तिजा मगरको उद्धार गरी एयर अरेबियाको उडानबाट स्वदेश फिर्ती भएका छन । कम्पनीमा अचानक बेहोस भएपछि अस्पतालमा २१ दिनसम्म उपचार गराएका रन्तिजापेटको सल्यक्रिया गरी पत्थरी पनि निकालेको मोना कुवेतका महासचिव चन्द्र बिश्वकर्मा गोतामे बताए । ‘उहाँको दुवै मृगौलामा पनि समस्या देखिएको छ,‘नेपाल फर्किएर उपचार गर्नुहुन्छ’ गोतामेले भने ।

उनका अनुसार अलपत्र परेपछि मोनाको पहलमा परिवार र आफन्तलाई सम्पर्क गरिएको थियो । कुवेत स्थित खैतानको एक रेस्टुरेन्टमा काम गर्दै आएका रन्तिजाले झन्डै पाँच महिना देखि तलब पनि पाएका थिएनन् । तलबका लागी मोनाले समेत पहल गरेपछि ४ महिना २० दिनको तलब र पासपोर्ट उनलाई उपलब्ध गराएको मोना कुवेतका संयोजक प्रेम बहादुर बिश्वकर्माले बताए ।उनका अनुसार तलब पनि नदिने र घरजना पनि अनुमति नदिएपछि रन्तिजा अलपत्र परेका थिए ।

कुवेतमा २२ वर्ष देखि कार्यरत हुँदा पनि नेपाली साथीहरु संग खासै सम्पर्क हुन नसक्दा आफुले धेरै दुख पाउनु परेको रन्तिजाले बताए । उनले म्याग्देली संघसंस्थाको महत्वका बारेमा जानकारी मिलेको बताए । कुवेतमा बंगालीहरुसंगै बस्ने भएकाले पनि नेपालीसंग कम सहकार्य गरिएको बताउँदै रोजगारीको लागि आउनेहरुले आफ्नो संघसंस्थामा सम्पर्क गर्नुपर्ने महसुस समेत भएको रन्जिताको भनाई उद्धित गदै मोना कुवेतले बेनीअनलाइनलाई बताएको छ । मोना कुवेतका कृष्ण बहादुर खड्का, मन बहादुर फगामी र पत्रकार चन्द्र बिश्वकर्माले उनलाई एयरपोर्ट पु¥याएका थिए ।