डडुवाकी मृगौला पिडितलाई बेनीमा सहयोग संकलन

बेनी नगरपालिका-५ डडुवाकी मृगौला पिडीत महिला हरिकला खत्रीका लागि ज्योती युवा क्लबको सक्रियतामा बेनी बजारमा सहयोग संकलन गरिएको छ ।आर्थिक अभावकै कारण उपचारमा समस्या भएपछि क्लबले बेनीबारका विभिन्न चोकमा ६७ हजार चार सय ४५ रुपैंया संकलन गरेको क्लबका अध्यक्ष दिनेश कार्कीले बताए ।

उनका अनुसार पदाधिकारी तथा अन्य शुभचिन्तकहरुको समूहले सहयोग संकलन गरेको बताए । बजार क्षेत्रमा युवा क्लबका सदस्य तथा अन्य व्यक्तिहरुले सहयोगका लागि आग्रह गर्दै हिडेका थिए भने आम सर्वसाधारणहरुले स्वतःस्फुर्त रुपमा सहयोग गरेका थिए ।  ज्योती युवा क्लबका सदस्य समेत रहेका कृष्णकी आमाको दुवै मृगौलामा समस्या देखिएकाले पोखरा स्थीत गण्डकी अस्पतालमा उपचार भइरहेको छ । । सहयोग गर्न चाहने दाताहरुलाई क्लब सँग समन्वय गरेर आर्थिक सहयोग गर्न समेत क्लबले आग्रह गरेको छ ।