धवलागिरी र रघुगंगा गाउँपालिका आसपासमा ३.३ रेक्टरस्केलको भूकम्प

0

जिल्लाको धवलागिरी र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । साँझ ७ बजेर २० मिनेट जाँदा भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जमिन हल्लिएपछि पश्चिम म्याग्दीका विभिन्न बस्तीमा धक्का महसुस भएको थियो ।

भूकम्पको धक्का मालिका गाउँपालिकाको केन्द्र दरबाङ लगाएतका क्षेत्रमा महसुस भएको छ। साँझपखएक्कासी जमिन हल्एिपछि स्थानीय त्रसित भएका छन्, ’धेरैपछि भूकम्पको गयो’ धवलागिरी गाउँपालिक– ७ को ताकमका गोपाल आचार्यले भने । उनले जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए । भूकम्प मापद केन्द्रकका विज्ञ टिन्टन तिमिल्सिनाका अनुसार धक्का महसुस भएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले ४ रेक्टरस्कल भन्दा तलका भूकम्पको प्रभाव समान्य हुने बताए ।

मापनकेन्द्रका अनुसार पश्चिम म्याग्दी क्षेत्रमा बेलाबेलामा साना साना भूकम्प गइरहन्छ । विगतमा पनि ५ रेक्टरस्केलभन्दा तलको भूकम्प गएको र बेलाबेलामा ३ देखी ४ रेक्टरस्केलको भूकम्पको धक्का महसुस हुने गरेकाले पनि लामो समयपछि धक्का महसुस हुदाँ सर्वसाधारण त्रसित हुने गरेका छन् ।, पश्चिम म्याग्दीको देविस्थान, ताकम, मुना, मुदी साविकको धौलागिरि अञ्चलमा भूकम्पको जोखिम क्षेत्रमा रुपमा चिनिन्छन् ।

पश्चिम क्षेत्रमा गूर्जा र मुदी आसपासका क्षेत्रमा केही महिना अगाडी चार रेक्टरस्कलको भूकम्प गएको थियो । पश्चिम क्षेत्रमा केन्द्रविन्दु बस्तीभन्दा टाढा हुने गरेका छन् । भुकम्प मापन केन्द्रका अनुसार भूकम्पको फन्टलाईनमा धौलागिरि समेत पर्ने देखिएको छ । तिब्वत क्षेत्रबाट धौलागिरि हिमालको फेद हुदै एउटा फन्टलाइन रहेको बताइन्छ । जसका कारण पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुईदशक यता ४ देखी ५ रेक्टरस्केलका भूकम्पको २५ भन्दा धेरै पटक धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ ।

मुस्ताङ र पर्वतको तुलनामा म्याग्दी र बागलुङमा धेरै केन्द्रविन्दु रहेका छन् । दुईदशक यताको भूकम्पको केन्द्रविन्दुमा म्याग्दीको देविस्थान, ताकम, मुदीमा ४ रेक्टरस्केलको भूकम्प गएको देखिन्छ । केहीबर्ष अगाडी समेत देविस्थानलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टरको भूकम्प गएको थियो । दुईदशक यता धौलागिरि क्षेत्रमा गएको सबैभन्दा ठुलो बागलुङको बोवाङलाई केन्द्रविन्दु बनाएर गएको ४.९ रेक्टरको भूकम्प हो ।