बढुदै गएको व्यस्तता संगसंगै विभिन्न रोगका विरामीको संख्यामा पनि वृद्धि भएको पाईन्छ । पछिल्लो समयमा ढाड दुख्ने समस्या भएका बिरामीको संख्या बढ्दै गईरहेको छ ।

अव्यवस्थित जीवनशैली, खानपिन, शारीरिक मुभमेन्ट, बसाइ नमिल्नु आदि कारणले ढाड दुख्ने बिरामी बढिरहेका छन् । अस्पतालमा सानो बच्चादेखि वृद्ध उमेरसम्मका मानिस ढाडको समस्या लिएर आउने गरेको डाक्टरहरू बताउँछन् । युवामा पनि मेकानिकल ब्याकपेन देखिने गरेको छ । ढाड दुख्ने समस्या उत्पन्न हुने कारण यस्ता छन् :-

– बसेर बत्ती कात्ने महिलामा बढी ढाड दुख्ने समस्या देखिने गरेको छ । महिनावारी सुकेका महिलामा पनि यो समस्या धेरै हुन्छ ।
– कम्प्युटरमा बढी समय काम गर्ने, सुतेर पढ्ने, सुतेर काम गर्ने, सुतेर मोबाइल चलाउने, सुतेर टिभी हेर्नेहरूमा ढाड दुख्ने समस्या देखिने गरेको छ । सैलुनमा बढी समय काम गर्ने, पार्लर चलाउनेहरूमा पनि ढाड दुख्ने समस्या बढी देखिने गरेको छ ।
– मोटरसाइकल लामो समय चलाउने युवायुवतीमा पनि मेकानिकल ब्याकपेन देखिने गरेको छ ।
– लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने बानी पनि ढाड दुख्ने कारण हुन सक्छ । त्यसैले कुर्सीमा – लामो समयसम्म बस्नुपरेमा वेलावेलामा उठेर केही बेर हिँडडुल गर्ने गर्नुपर्छ । news24nepal.tv